Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको वेदकोटमा पूर्वानुमानमा आधारित ‘पूर्वकार्य कार्यविधि’ प्रमाणीकरण कार्यशाला सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र ५, २०८२
कञ्चनपुरको वेदकोटमा पूर्वानुमानमा आधारित ‘पूर्वकार्य कार्यविधि’ प्रमाणीकरण कार्यशाला सम्पन्न
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि ‘पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यविधि’ सम्बन्धि प्रमाणीकरण कार्यशाला बुधबार सम्पन्न भएको छ।

जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने मौसम पूर्वानुमानका सूचनालाई प्रभावकारी रूपमा उपयोग गरी सम्भावित विपद् आउनुपूर्व नै चालिनुपर्ने कदमहरूलाई संस्थागत र योजनाबद्ध बनाउने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको हो। कार्यशालाले विपद्को पूर्व सूचना प्राप्त भएपछि कुन निकायले के कस्ता पूर्वकार्य गर्ने भन्ने विषयमा स्पष्ट मार्गचित्र तयार पार्दै कार्यविधिलाई अन्तिम रूप दिएको छ।

कार्यक्रम बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यो कार्यविधि नगरपालिकाको विपद् व्यवस्थापनको क्षेत्रमा ‘कोसेढुङ्गा’ सावित हुने विश्वास व्यक्त गर्नुभयो। जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको सूचनालाई भरपुर प्रयोग गर्दै पूर्व सूचनाको आधारमा सरोकारवाला निकाय र नागरिक तहबाट गर्न सकिने पूर्वकार्यहरूले जनधनको क्षति न्यूनीकरणमा ऐतिहासिक भूमिका खेल्ने उहाँले बताउनुभयो।

डिसिए नेपालका कार्यक्रम संयोजक दिनेश गुरुङले पूर्वानुमानमा आधारित पूर्वकार्यले विपद् व्यवस्थापनको परम्परागत शैलीलाई आधुनिक र वैज्ञानिक बनाउन मद्दत पुग्ने बताउनुभयो। विपद् आइसकेपछि गरिने उद्धार र राहतभन्दा विपद् आउनुअगावै वैज्ञानिक सूचनाका आधारमा गरिने तयारीले समुदायको सुरक्षा सुनिश्चित गर्ने र क्षतिलाई निकै कम गर्न सकिने उहाँले बताउनुभयो। स्थानीय स्तरमा यस्ता कार्यविधिको निर्माणले समुदायको उत्थानशीलता बढाउनुका साथै आपतकालीन समयमा मानवीय सहायतालाई थप व्यवस्थित बनाउने उहाँले बताउनुभयो।

त्यस्तै, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरूले स्थानीय सरकार र संघसंस्थाको समन्वयमा तयार पारिएको यो कार्यविधिले विपद्को समयमा हुने अन्योलता र समन्वयको अभावलाई पूर्णतः हटाउने बताउनुभयो। यस दस्तावेजले कुन तहको पूर्वानुमान प्राप्त हुँदा कुन निकायले, कुन समयमा र कसरी काम गर्ने भन्ने स्पष्ट जिम्मेवारी बाँडफाँड गरेको हुनाले संस्थागत रूपमै पूर्वकार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन यसले बाटो खोल्ने उहाँले बताउनुभयो।

कार्यक्रममा वातावरणविद् नवीन दाहालले ‘पूर्वानुमान विश्लेषण र निर्देशन तयारी’ सम्बन्धि प्राविधिक प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले मौसमको पूर्वानुमानलाई कसरी व्यवहारिक कार्यमा बदल्न सकिन्छ र सूचना प्राप्त हुनासाथ तत्काल चाल्नुपर्ने कदमहरूका बारेमा सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभयो। सो क्रममा पूर्वानुमानलाई प्रभावकारी बनाउन के-के गर्न सकिन्छ भन्ने विषयमा समूहगत छलफल तथा गृहकार्य समेत गरिएको थियो।

डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र इन्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) द्वारा सञ्चालित ‘स्मार्ट’ परियोजना अन्तर्गत उक्त कार्यशालाको आयोजना गरिएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का वातावरणविद् भोजराज भट्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नगर प्रमुख बोहराको प्रमुख आतिथ्यता रहेको थियो। कार्यशालामा विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखा प्रमुखहरू, नागरिक वैज्ञानिक तथा विपद् व्यवस्थापनसँग सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३
कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

अशोज २७, २०८३
नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

अशोज २७, २०८३
चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व