Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र १, २०८२
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा लाञ्छना र भेदभाव विरुद्ध सरोकारवाला निकायहरूसँगको जिल्ला स्तरीय
अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रीकभरिङ नेपाल र युएनडीपीको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा समाजमा व्याप्त विभेदका स्वरूप, यसलाई घटाउने उपाय र कानुनी उपचारका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै रीकभरिङ नेपालका प्रतिनिधि नवराज पाण्डेले समाजमा सीमान्तकृत समुदायले भोग्दै आएको पीडा र त्यसले उनीहरूको जीवनस्तरमा पारेको प्रभावबारे प्रकाश पार्नुभयो। उहाँले लाञ्छनाका कारण धेरै व्यक्तिहरू सेवा र अधिकारबाट वञ्चित भइरहेकोले यसलाई न्यूनीकरण गर्न सबै पक्षको सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा समाजमा विद्यमान विभेदका केही गम्भीर उदाहरणहरू प्रस्तुत गरिएको थियो। विशेषगरी एचआईभी सङ्क्रमित व्यक्तिहरूलाई अस्पतालमा उपचार गर्न आनाकानी गर्ने, छुट्टै कोठामा राखेर हेप्ने वा स्वास्थ्यकर्मीले नछोई उपचार गर्ने जस्ता विभेदकारी व्यवहार अझै पनि चुनौतीको रूपमा रहेको पाइएको छ। यस्ता व्यवहारले बिरामीको आत्मबल गिराउने काम गरेको सहभागीहरूले बताए।

त्यसैगरी, समान लैङ्गिक सम्बन्ध भएका वा यौनकर्मी प्रति प्रहरी प्रशासन र रोजगारदाताले गर्ने अनुचित व्यवहार, गालीगलौज र कार्यस्थलबाट निकाल्ने जस्ता कार्यहरू पनि स्पष्ट विभेदका रूपमा देखिएका छन्। लागुऔषध प्रयोगकर्ताहरूलाई सार्वजनिक सेवाबाट वञ्चित गरिनु र उनीहरूलाई सुधारको मौका दिनुको सट्टा अपराधीकै जस्तो व्यवहार गरिनुले समाजमा थप समस्या निम्त्याएको कुरामा समेत जोड दिइयो।

समाजमा व्याप्त गलत धारणा र पूर्वाग्रहका कारण विभेद झन् मौलाएको सहभागीहरूको भनाइ रहेको छ। सङ्क्रमित व्यक्तिसँग सम्पर्क राख्दा आफैँ ‘संक्रमित’ भइने अन्धविश्वास र “उनीहरू समाजका लागि खतरा हुन्” भन्ने सोचले सामाजिक दूरी बढाएको छ। यसका साथै सञ्चार माध्यममा प्रयोग हुने नकारात्मक शब्द र ‘अनैतिक’ जस्ता चित्रणले गर्दा प्रभावित समुदायको छविमा नकारात्मक असर पुगेको बताइएको छ।

यस्ता विभेद न्यूनीकरणका लागि शिक्षा र स्वास्थ्य सेवा प्रणालीमा रहेका कमजोरीहरूलाई सुधार्दै स्वास्थ्यकर्मी र शिक्षकहरूलाई थप संवेदनशील बनाउनुपर्ने निष्कर्ष निकालिएको छ। सहभागीहरूले विभेदकारी कार्यहरू भएमा कानुनी उपचारका बाटाहरू खुला रहेको र सरोकारवाला निकायहरूले पीडितको न्यायका लागि सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व