Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको कृष्णपुरमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, बाढीको जोखिम कम हुने भएपछि स्थानीय हर्षित

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन २९, २०८२
कञ्चनपुरको कृष्णपुरमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, बाढीको जोखिम कम हुने भएपछि स्थानीय हर्षित
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ नयाँबस्तीस्थित बन्द नदी किनारमा जैविक तटबन्ध निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएसँगै अब अठन्नीफाँटामा निर्माण कार्य सुरु गरिने भएको छ। बर्सेनि वर्षातको समयमा हुने नदी कटानका कारण बगर क्षेत्र र बस्ती जोखिममा रहँदै आएको उक्त क्षेत्रमा तटबन्ध निर्माण गरिने भएपछि स्थानीय बासिन्दाहरू हर्षित भएका छन्।

अठन्नीफाँटा क्षेत्रमा भू-क्षय रोक्न र वातावरणीय सन्तुलनका लागि प्रशस्त बोटबिरुवा समेत रोपिएका छन्। यी बिरुवाहरूले वर्षामा माटो जोगाउनुका साथै गर्मीयाममा चल्ने तातो हावा (लू) लाई रोक्न समेत मद्दत पुर्‍याउँदै आएका छन्। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ (सिआरसी) अन्तर्गत कृष्णपुर नगरपालिका र वडा नम्बर–२ सँगको सहकार्यमा यो कार्य सञ्चालन गरिएको हो।

यसैक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर -२ र -३ अन्तर्गत बाढीको उच्च जोखिममा रहेका क्षेत्रहरूको सम्भाव्यता अध्ययन कार्य वडाका जनप्रतिनिधि, प्राविधिक र एनएनएसडब्लुएको संयुक्त टोलीले सम्पन्न गरेको छ। उक्त अध्ययनका क्रममा वडा नम्बर -२ को बन्द नदीस्थित कालिका मन्दिर नजिक थप १०० मिटर र अठन्नीफाँटा झोलुङ्गे पुल नजिक करिब ३५० मिटर जैविक तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ। त्यस्तै, वडा नम्बर -३ को नयाँ कटान भइरहेको समुदायको पश्चिम क्षेत्रमा करिब २०० मिटर जैविक तटबन्ध निर्माण गरिने भएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्वारा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ (सिआरसी) का परियोजना संयोजक महेश घिमिरेले परियोजनाले विपद् जोखिम न्यूनीकरण र उत्थानशीलताका सन्दर्भमा पूर्व तयारी र समुदायलाई सक्षम बनाउने काम गरिरहेको बताउनुभयो। उहाँले नगरपालिका र वडासँगको सहकार्यमा दोधा जलाधार क्षेत्रका बन्द र बनहरा नदीले कटान गरिरहेका ठाउँमा जैविक तटबन्धको थालनी गरिएको जानकारी दिनुभयो। नगरपालिकाले तटबन्ध निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरिसकेको र प्राविधिकहरूसँग मिलेर ठाउँ पहिचानको कार्य समेत सम्पन्न भइसकेको संयोजक घिमिरेले बताउनुभयो।

बन्द नदी विपद व्यवस्थापन समितिका अध्यक्ष शिव नेपाली र अठन्नीफाँटा विपद् व्यवस्थापन समितिका अध्यक्ष सत्य राज खाडायतले तटबन्ध निर्माणले बस्तीलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयन गर्न सर्वोच्चको आदेश
फ्ल्यास हेडिङ

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयन गर्न सर्वोच्चको आदेश

अशोज १७, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
फ्ल्यास हेडिङ

कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अशोज ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

अशोज २९, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व