Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ फाल्गुन ७, बिहीबार १३:४७
प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

प्रेसपत्र

0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा धनगढीस्थित सहिद गेटमा रहेका चार महान सहिदको स्मारकमा माल्यार्पण गरेका छन्।

विहीबार आयोजित कार्यक्रममा उनले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा नागरिक अधिकारको संरक्षणका लागि जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा सभामुख, मन्त्री, सांसद, राष्ट्रसेवक कर्मचारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसअघि फागुन ५ गते मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाउने निर्णय गरेको थियो। सोहीअनुसार फागुन ७ गते उनको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति, २०८२ गठन गरिएको थियो।

प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। उनले २००७ सालको सफल क्रान्तिबाट १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको उल्लेख गर्दै सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएकाहरूको सम्मान गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा लोकतन्त्रमा जनता नै मालिक हुने उल्लेख गर्दै लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै रहेको बताएका छन्। जेन्जी युवाहरूले उठाएको सुशासन र भ्रष्टाचार अन्त्यको मागको पृष्ठभूमिमा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन लागेको उल्लेख गर्दै उनले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका लागि निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपी साउद: इजरायल उद्धारदेखि कञ्चनपुर विकाससम्म
मुख्य समाचार

एनपी साउद: इजरायल उद्धारदेखि कञ्चनपुर विकाससम्म

२०८२ फाल्गुन ७, बिहीबार १३:४७
आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
मुख्य समाचार

आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

२०८२ फाल्गुन ७, बिहीबार १३:४७
ब्रेड बेस्ड एकेडेमीको वार्षिकोत्सवमा पत्रकार पन्त सम्मानित
मुख्य समाचार

ब्रेड बेस्ड एकेडेमीको वार्षिकोत्सवमा पत्रकार पन्त सम्मानित

२०८२ फाल्गुन ७, बिहीबार १३:४७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

काठमाडौँ विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा, एक्यूआई १८१

काठमाडौँ विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा, एक्यूआई १८१

२०८२ फाल्गुन ७, बिहीबार १३:४७
एमालेको घोषणा पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने,वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

एमालेको घोषणा पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने,वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

२०८२ फाल्गुन ७, बिहीबार १३:४७
निर्वाचनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजारसम्म पुरस्कार

निर्वाचनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजारसम्म पुरस्कार

२०८२ फाल्गुन ७, बिहीबार १३:४७
कांग्रेसले सार्वजनिक गर्‍यो प्रतिनिधि सभा चुनाव २०८२ को पूर्ण प्रतिज्ञापत्र

कांग्रेसले सार्वजनिक गर्‍यो प्रतिनिधि सभा चुनाव २०८२ को पूर्ण प्रतिज्ञापत्र

२०८२ फाल्गुन ७, बिहीबार १३:४७
राष्ट्रिय स्वतन्त्र पार्टीले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्ने

२०८२ फाल्गुन ७, बिहीबार १३:४७
प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

२०८२ फाल्गुन ७, बिहीबार १३:४७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व