Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ७, २०८२
आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ। दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यही दिनको आधारमा २०४६ साल चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो भने त्यसकै निरन्तरतामा २०६३ साल वैशाख ११ गते लोकतन्त्र स्थापना भएको थियो।

यस ऐतिहासिक यात्राको परिणामस्वरूप २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशका रूपमा घोषणा गरेको थियो। त्यसपछि दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरी कार्यान्वयनमा ल्याएको थियो। यी सबै राजनीतिक परिवर्तनहरूको आधारशिला फागुन ७ गतेको प्रजातन्त्र स्थापनालाई मानिन्छ, त्यसैले पनि यो दिवस विशेष महत्त्वका साथ मनाइँदै आएको छ।

प्रजातन्त्रकै जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि नागरिक अपेक्षाअनुसार सुशासन, समृद्धि र स्थायित्व प्राप्त हुन नसकेको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन्। यही असन्तुष्टिको पृष्ठभूमिमा गत भदौ २३ र २४ गते नवयुवाहरूले विद्रोह गरेका थिए।

उक्त घटनापछिको विशेष राजनीतिक परिस्थितिमा आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुन लागेको छ। प्रजातन्त्र दिवस मनाइरहँदा लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै जनआकांक्षा पूरा गर्ने दिशामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति
फ्ल्यास हेडिङ

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा
मुख्य समाचार

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
फ्ल्यास हेडिङ

प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी

साउन ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व