Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपी साउद: इजरायल उद्धारदेखि कञ्चनपुर विकाससम्म

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ फाल्गुन ७, बिहीबार ०९:५४
एनपी साउद: इजरायल उद्धारदेखि कञ्चनपुर विकाससम्म
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेको खबर अन्तराष्ट्रिय चर्चाको विषय बन्यो । दक्षिणी इजरायलको किबुत्ज अलुमिम सहरमा भएको आक्रमणमा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत अध्ययनका लागि गएका १० नेपाली विद्यार्थीहरू हताहत र केही घाइते भएको पुष्टि परराष्ट्र मन्त्रालयले ग¥यो ।

इजरायलमाथि हमासले आक्रमण गरिरहँदा विभिन्न कामका सिलसिलामा त्यहाँ पुगेका नेपालीको जिउ–ज्यानको सुरक्षा गर्नु नेपाल सरकारको कर्तव्य थियो । आक्रमणमा घाइते भएका नेपालीको उद्दार र उपचारको व्यवस्था गर्नु र मृतकको शव स्वदेश ल्याउनु सरकारको जिम्मेवारी थियो ।

तत्कालीन समयमा परराष्ट्रमन्त्री थिए– एनपी साउद । मन्त्रिपरिषद् बैठकले इजरायलमा भएको आक्रमण घाइते भएका र स्वदेश फर्किन चाहने नेपाली नागरिकको उद्दारका लागि पहल गर्ने निर्णय ग¥यो ।

आक्रमणको चौथो दिन नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरेर तत्कालीन परराष्ट्रमन्त्री साउद इजरायलतर्फ प्रस्थान गरे । इजरायलमा हवाई हमला र रकेट आक्रमण जारी रहेकै बेला उनी ज्यान जोखिममा राखेर २०२३ अक्टोबर १२ को बिहान इजरायल पुगे ।

उनकै प्रत्यक्ष समन्वयमा २५४ जना नेपालीहरूलाई विमानमा चढाएर स्वदेश फर्काइयो । नेपाली नागरिक बोकेर आएको विमान सोही दिन राति नेपाल आइपुग्यो । मन्त्री साउद विमानमै नेपाली नागरिकहरू सँगै फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीडितहरूलाई स्वागत गरे ।

सामान्यतया मुलुक बाहिर चलाइने उद्दार अभियानहरू दूतावास वा टोलीमार्फत् हुने गर्दछन् । तर, साउदले इजरायलमा जारी हवाई र रकेट आक्रमणका बीच आफैं गएर उच्चस्तरीय कूटनीतिक दबाब दिए । जसका कारण इजरायल सरकारलाई नेपालको गम्भीरतालाई बुझायो र सहयोग बढायो ।

नेता साउद आफैं अघि सरेर तत्काल उद्दार कार्यमा खटेपछि आक्रमणको ५–६ दिनमै ठूलो संख्यामा नेपाली फर्काइयो, जसले थप जोखिमबाट जोगायो । साउदलाई ‘नागरिकमुखी मन्त्री’ संज्ञा दिइयो । जसको तत्कालीन प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रशंसा गरे । नेपाली नागरिकको उद्दारमा देखाएको सक्रियताका लागि उनले साउदलाई समेत धन्यवाद दिए ।

परराष्ट्रमन्त्री हुँदा विभिन्न कूटनीतिक भ्रमण गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको सम्बन्ध सुमधुर बनाएका उनै साउद आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–२ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छन् ।

२०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएर उनी परराष्ट्रमन्त्री बनेका थिए । उक्त निर्वाचनअघि पनि नेता साउद यही क्षेत्रबाट २०७० सालमा पनि संविधानसभा सदस्यमा विजयी भएका थिए । त्यसअघि उनी २०५६ मा पनि सांसद बनेका थिए ।

२०७९ को निर्वाचन अगाडिदेखि नै नेता साउदको छवि विकासवादी नेताका रूपमा बनिसकेको थियो । उनले २०७० को निर्वाचन जितिसकेपछि कञ्चनपुर–२ मा पर्ने वेदकोट नगरपालिकामा ५ वटा, शुक्लाफाँटा नगरपालिकामा ४ वटा र कृष्णपुर नगरपालिकामा ६ वटा पक्की पुलमात्रै निर्माण गरेका थिए ।

यी हुन् निर्माण गरिएका पक्की पुलहरू
१– वेदकोटको पथरिया खोला पुल
२–वेदकोटको चौधर खोला पुल
३– दैजी–बेलडाँडीबीचको बलमा नदी पुल
४–वेदकोट– चौधर नदीमा भम्का–बगुन जोड्ने पुल
५– वेदकोटको साजगाड खोला पुल
६– शुक्लाफाँटाको अनोखी खोला पुल
७– शुक्लाफाँटा–४ को सुनवरा नदी पुल
८–शुक्लाफाँटा ११ कलुवापुर–बन्साहा जोड्ने पुल
९– शुक्लाफाँटा–७ टोटी नालामा शान्तिपुर–कालापानी जोड्ने पुल
१०– कृष्णपुर–९ राजघाट–धनगढी ९कैलाली० जोड्ने पुल
११– कृष्णपुर–९ घलघले खोला पुल
१२– कृष्णपुर–८ बिचवा र वडा नम्बर ९ पिपरिया जोड्ने पुल
१३– कृष्णपुर–७ कलुवापुर र सिमलकोट जोड्ने पुल
१४– कृष्णपुर–७ कार्की कटान–अत्तरिया ९कैलाली० जोड्ने मोहना पुल
१५– कृष्णपुर–६ मौरीफाटादेखि बलुवाफाँटा बन्जिरिया जोड्ने खसिहा खोला पुल

२०७० मा निर्वाचन जितेपछि साउदलाई कांग्रेसले सिँचाइ मन्त्रालयको जिम्मा दिएर सरकारमा पठाएका थियो । उनले आफ्नो कार्यकालमा सिँचाइ मन्त्रालयमार्फत् कञ्चनपुर–२ मा विभिन्न सिँचाइ परियोजनाहरू लाई पूर्णता दिएका थिए ।

साउदको पहलमा सम्पन्न कालापानी सिँचाइ परियोजनाबाट सुडा, स्टेशनपुर, पिताम्बर, सिसैया–कसरौल र बञ्जिरियाका किसानहरू लाभान्वित भइरहेका छन् । यस्तै मोहना सिँचाइ परियोजनाबाट कृष्णपुरसहित २१ सय हेक्टर खोतीयोग्य जमिनमा सिँचाइ भइरहेको छ ।

नेता साउदको पहलमा सम्पन्न अर्को परियोजना हो– धारापानी सिँचाइ परियोजना । यो परियोजनाबाट कृष्णपुरको दोमिल्ला, श्रीपुर, सुन्दरी फाँटा, पहरिया र निगालीका किसान लाभान्वित भइरहेका छन् ।

सिँचाइमन्त्री रहेका बेला साउदले महाकाली सिँचाइको तेस्रो चरणको काम पनि सुरूवात गरेका थिए । जसअन्तर्गत शुक्लाफाँटा नगरपालिकाको झलारीसम्म मुल नहर विस्तारको काम सम्पन्न भइसकेको छ ।

नेता साउदको पहलमा कृष्णपुर नगरपालिका ४, ५, ६, ७, ८ र ९ मा पर्ने मोहना नदीमा गुरूयोजना बनाएर तटबन्ध निर्माणको काम अघि बढाइएको थियो । मालुबेलाको मछेली नदीमा आठ करोडको तटबन्ध निर्माण भएको थियो । दयापुर शिविर संरक्षण गर्न गुरूयोजना अन्तर्गत १६ करोड रुपैयाँ विनियोजन गरेर मोहना नदीमै तटबन्ध गरिएको थियो ।

यस्तै कृष्णपुर नगरपालिका भएर बग्ने मछेली ९दोदा०, खारखोला, बण्ड नदीसँगै शुक्लाफाँटा नगरपालिकामा स्याली, सुनवरालगायतका नदी र खोलाले गर्ने कटान रोक्न तटबन्ध पनि साउदकै पहलमा भएका छन् । साउदले आफ्नो निर्वाचन क्षेत्रमा नागरिकलाई स्वच्छ खानेपानी पु¥याउनेदेखि सडक पूर्वाधारका क्षेत्रमा पनि काम गरेका छन् ।

२०७९ सालमा कञ्चनपुर–२ निर्वाचित भएर परराष्ट्रमन्त्रीको जिम्मेवारी पाउनु अघि उनी दुईपटक गरी तीन वर्ष मन्त्री बनिसकेका थिए । साउदले २०५६ मा शिक्षा राज्यमन्त्री र २०७० मा सिँचाइमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

कांग्रेसको नर्सरी भनेर चिनिने नेपाल विद्यार्थी संघ ९नेविसंघ० को अध्यक्ष (२०४८) भएर विद्यार्थी आन्दोलन हाँकिसकेका साउद पटक–पटक जेल–ने

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण
मुख्य समाचार

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

२०८२ फाल्गुन ७, बिहीबार ०९:५४
आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
मुख्य समाचार

आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

२०८२ फाल्गुन ७, बिहीबार ०९:५४
ब्रेड बेस्ड एकेडेमीको वार्षिकोत्सवमा पत्रकार पन्त सम्मानित
मुख्य समाचार

ब्रेड बेस्ड एकेडेमीको वार्षिकोत्सवमा पत्रकार पन्त सम्मानित

२०८२ फाल्गुन ७, बिहीबार ०९:५४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

काठमाडौँ विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा, एक्यूआई १८१

काठमाडौँ विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा, एक्यूआई १८१

२०८२ फाल्गुन ७, बिहीबार ०९:५४
एमालेको घोषणा पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने,वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

एमालेको घोषणा पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने,वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

२०८२ फाल्गुन ७, बिहीबार ०९:५४
निर्वाचनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजारसम्म पुरस्कार

निर्वाचनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजारसम्म पुरस्कार

२०८२ फाल्गुन ७, बिहीबार ०९:५४
कांग्रेसले सार्वजनिक गर्‍यो प्रतिनिधि सभा चुनाव २०८२ को पूर्ण प्रतिज्ञापत्र

कांग्रेसले सार्वजनिक गर्‍यो प्रतिनिधि सभा चुनाव २०८२ को पूर्ण प्रतिज्ञापत्र

२०८२ फाल्गुन ७, बिहीबार ०९:५४
राष्ट्रिय स्वतन्त्र पार्टीले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्ने

२०८२ फाल्गुन ७, बिहीबार ०९:५४
प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

२०८२ फाल्गुन ७, बिहीबार ०९:५४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व