Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिमैत्री बन्दै पुनर्वास र लालझाडी

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २८, २०८२
विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिमैत्री बन्दै पुनर्वास र लालझाडी
0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा विपद् जोखिम व्यवस्थापनलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘निर्णय सहयोग प्रणाली’ (डिएसएस) सम्बन्धी विकास तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनइसडब्लुए) को आयोजना तथा मर्सिकोर नेपाल र कोकाकोला फाउण्डेशनको सहयोगमा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजना अन्तर्गत यो कार्यक्रम गरिएको हो। कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, सरोकारवाला निकाय र प्राविधिक विज्ञहरूबीच विपद् पूर्वतयारी, पूर्वसूचना प्रणालीको प्रयोग र तथ्यमा आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउने विषयमा गहन छलफल गरिएको थियो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनइसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले परम्परागत शैलीको विपद् प्रतिकार्यलाई अब आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो। सान परियोजनामार्फत विकास गरिएको यो डिजिटल प्रणालीले स्थानीय सरकारलाई विपद्पूर्व सचेत रहन र विपद्पछि न्यूनतम क्षतिमा प्रभावकारी काम गर्न सक्षम बनाउने उहाँले बताउनुभयो।

मर्सिकोर नेपालका पूर्वानुमान कार्य विशेषज्ञ जगदिश डोटेलले कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा विपद् न्यूनीकरण, व्यवस्थापन र पूर्व प्रतिकार्यका लागि एआईमा आधारित डिजिटल सपोर्ट सिस्टम निर्माण भइरहेको बताउनुभयो। यी दुई पालिकाहरू विभिन्न प्रकारका विपद्हरूको उच्च जोखिममा रहेकाले त्यहाँका निर्णयकर्ताहरूले आपतकालीन अवस्थामा निकै छिटो र सही निर्णय लिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “यो सिस्टमले विपद्को अवस्थामा कुन ठाउँमा बाढी आयो, कुन समुदायलाई तत्काल उद्धार गर्नुपर्ने छ वा कहाँ छिटो राहत पुर्‍याउनुपर्ने छ भन्ने कुराको यकिन जानकारी दिनेछ। हामीले यो एआई टुलमा पालिकाका सम्पूर्ण भौगोलिक जानकारी र मौजुदा नीतिहरूलाई पहिले नै डिजिटाइज गरेर राख्नेछौँ, जसले गर्दा निर्णयकर्ताहरूलाई तथ्यमा आधारित भई द्रुत गतिमा काम गर्न सहज हुनेछ।”

सान परियोजनाका संयोजक देवराज बडुले स्थानीय पालिकाको आवश्यकता र भूगोल अनुसार यो प्रणाली विकास गरिएको बताउनुभयो। पूर्वानुमानमा आधारित पूर्वकार्यलाई सुदृढ बनाउनु नै मुख्य लक्ष्य रहेको उल्लेख गर्दै उहाँले सही तथ्याङ्क र प्रणाली विना विपद् जोखिम कम गर्न कठिन हुने बताउनुभयो। यो प्रणालीले जनप्रतिनिधि र कर्मचारीहरूका लागि भरपर्दो डिजिटल सहयोगीको रूपमा काम गर्ने उहाँको भनाइ रहेको छ।

मर्सिकोर नेपालका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले विपद् व्यवस्थापनमा नवीन प्रविधिको प्रयोगले समुदायको उत्थानशीलता बढाउने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण निम्तिने प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण गर्न डिजिटल प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। स्थानीय सरकारको निर्णय प्रक्रियालाई प्रविधिमार्फत सशक्त बनाउँदा विपद्को समयमा छिटो र प्रभावकारी राहत तथा उद्धार सम्भव हुने उहाँको भनाइ रहेको छ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले विपद् व्यवस्थापनमा प्रविधिको यो प्रयोग कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले परम्परागत शैलीभन्दा एआईमा आधारित सूचना प्रणालीले जनधनको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन पालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व