Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनएनसडब्लुएद्वारा सन् २०२५ को समीक्षा, २०२६ का लागि नयाँ रणनीति तय

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस १७, २०८२
एनएनसडब्लुएद्वारा सन् २०२५ को समीक्षा, २०२६ का लागि नयाँ रणनीति तय
0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनसडब्लुए) ले सन् २०२५ मा सञ्चालित आफ्ना सम्पूर्ण परियोजनाहरूको उपलब्धि समीक्षा गर्दै आगामी वर्ष २०२६ का लागि नयाँ रणनीति तय गरेको छ।

संस्थाको केन्द्रीय कार्यालयमा आयोजित समीक्षा कार्यक्रममा विगत एक वर्षमा भए–गरेका कार्यहरू, हासिल भएका उपलब्धि र आगामी कार्यदिशाबारे गहन छलफल गरिएको हो।

समीक्षा कार्यक्रममा संस्थाद्वारा सञ्चालित विभिन्न परियोजनाका संयोजकहरूले आ–आफ्नो परियोजनाको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुतिकरणका क्रममा संयोजकहरूले २०२५ मा लक्षित समूहसम्म पुग्न सफल भएका कार्यक्रमहरू, समुदायमा देखिएको सकारात्मक प्रभाव र कार्यान्वयनका क्रममा भोग्नुपरेका चुनौतीहरूबारे जानकारी गराएका थिए। छलफलमा “कुन कार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्थ्यो” भन्ने विषयमा आत्मसमीक्षा गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता समेत जनाइएको थियो।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले संस्थाले विगतमा हासिल गरेका उपलब्धिहरू उत्साहजनक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले २०२५ मा थुप्रै महत्त्वपूर्ण माइलस्टोनहरू पार गरेका छौँ। २०२६ मा हामी प्रविधि, सुशासन र समुदायको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर अझ परिष्कृत ढंगले अगाडि बढ्ने रणनीति तयार गरिरहेका छौँ।” उहाँले सबै परियोजनाहरूलाई थप नतिजामुखी बनाउन निर्देशन समेत दिनुभयो।

त्यस्तै, कार्यक्रमको अध्यक्षता गरिरहनुभएकी एनएनसडब्लुएकी अध्यक्ष माया देवी सार्कीले संस्थाले सधैँ समाजका पछाडि पारिएका वर्ग र समुदायको उत्थानका लागि काम गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “परियोजनाहरूको सफल कार्यान्वयन नै संस्थाको सफलता हो। आगामी वर्ष २०२६ का लागि तय गरिने रणनीतिले अझ बढी प्रभावकारी र दिगो विकासका लक्ष्यहरू पछ्याउनेछ।”

सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले सन् २०२५ मा परियोजनामार्फत समुदायस्तरमा उल्लेखनीय परिवर्तन देखिन थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “सुदृढ परियोजनाले विशेष गरी विपन्न तथा जोखिममा रहेका समुदायको संस्थागत क्षमता अभिवृद्धि र जीविकोपार्जन सुधारमा सकारात्मक परिणाम देखाएको छ। आगामी वर्ष २०२६ मा समुदायको स्वामित्व बढाउने, स्थानीय तहसँगको समन्वयलाई अझ मजबुत बनाउने र दिगोपनामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने हाम्रो योजना छ।”

कार्यक्रममा सहभागीहरूले २०२६ का लागि नयाँ कार्ययोजना बनाउँदा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र सामाजिक न्यायका क्षेत्रमा थप नवीन कार्यक्रमहरू समावेश गर्नुपर्ने सुझाव दिएका थिए। संस्थाले समीक्षाबाट प्राप्त पृष्ठपोषणलाई आधार मानी २०२६ को वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व