Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सञ्चारकर्मीमाथि अभिव्यक्त टिप्पणीप्रति पत्रकार महासंघ कञ्चनपुरको ध्यानाकर्षण

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस १५, २०८२
सञ्चारकर्मीमाथि अभिव्यक्त टिप्पणीप्रति पत्रकार महासंघ कञ्चनपुरको ध्यानाकर्षण
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमका विषयमा सार्वजनिक रूपमा व्यक्त गरिएका केही अभिव्यक्ति र टिकाटिप्पणीप्रति नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले विश्वसनीय, उत्तरदायी, स्वच्छ, जवाफदेही तथा मर्यादित पत्रकारिता पेशामा संलग्न सञ्चारकर्मी र सञ्चारमाध्यमको सधैँ पक्षमा रहेको स्पष्ट पारेको छ। तर पत्रकारिता पेशाको आवरणमा धम्की दिने, गलत क्रियाकलाप गर्ने, पत्रकार आचारसंहिता विपरीत गतिविधि सञ्चालन गर्ने तथा व्यक्तिगत स्वार्थ केन्द्रित अनैतिक कार्यमार्फत पत्रकारिता पेशालाई बदनाम गर्ने प्रवृत्तिप्रति महासंघले आपत्ति जनाएको छ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अनुसार यस्ता पेशागत मर्यादा र आचारसंहिता विपरीत गतिविधि गर्ने व्यक्तिहरूलाई महासंघको विधानअनुसार कारबाही गरिनेछ। साथै पत्रकारिता र पत्रकारको बदनाम हुने किसिमका अराजक, आपत्तिजनक तथा उच्छृङ्खल गतिविधि नगर्न र नगराउन महासंघले सबै सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई सचेत गराएको छ।

महासंघले पत्रकार वा पत्रकारितासँग सम्बन्धित कुनै गुनासो भएमा प्रमाणसहित नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर, प्रेस काउन्सिल नेपाल वा सम्बन्धित निकायमा निवेदन दिन अनुरोध गरेको छ। अनावश्यक टिकाटिप्पणी गरी सम्पूर्ण पत्रकारिता पेशालाई अपमानित गर्ने कार्य समाधानको उपाय नभएको महासंघको भनाइ छ।

महासंघले प्रमाणका आधारमा पत्रकारिता पेशाको आवरणमा गलत क्रियाकलाप गर्ने पत्रकार वा सञ्चारमाध्यममाथि कारबाही गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै व्यक्तिगत स्वार्थका कारण प्रमाणबिहीन, मनगढन्ते तथा मिथ्या आरोप लगाएर पत्रकार र पत्रकारितालाई बदनाम नगर्न सबैमा आग्रह गरिएको छ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले लोकतान्त्रिक व्यवस्थामा बोल्ने र लेख्ने अधिकार भए पनि असभ्य र छाडा अभिव्यक्ति स्वीकार्य नहुने उल्लेख गर्दै सभ्य आलोचनालाई जिम्मेवार नागरिकको पहिचानका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेको छ। समाज र राष्ट्रको दिगो विकासका लागि सबै क्षेत्रबीच सहकार्य, संयम र एकता आवश्यक रहेको भन्दै महासंघले सबै सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव कुन्दन पाण्डेयले पत्रकारिता पेशाको आवरणमा हुने गलत गतिविधिका कारण सम्पूर्ण पत्रकार समुदाय बदनाम हुन नदिन महासंघ सजग रहेको बताए। उनले पत्रकार आचारसंहिता विपरीत कार्य गर्ने जो–कोहीमाथि प्रमाणका आधारमा कारबाही गर्न महासंघ तयार रहेको स्पष्ट पारे। साथै उनले व्यक्तिगत असन्तुष्टि वा स्वार्थका कारण प्रमाणबिहीन आरोप लगाएर पत्रकारिता पेशालाई बदनाम नगर्न आग्रह गर्दै सभ्य आलोचना र जिम्मेवार अभिव्यक्तिले मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व