Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जमुना आधारभूत विद्यालयलाई तातो हावाबाट जोगिन सामग्री सहयोग

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस १५, २०८२
जमुना आधारभूत विद्यालयलाई तातो हावाबाट जोगिन सामग्री सहयोग
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र मर्सी कोर्प्स नेपालको साझेदारीमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील (सीआरसी) परियोजना अन्तर्गत दोधाराचाँदनी नगरपालिका वडा नम्बर -३ स्थित जमुना आधारभूत विद्यालयलाई तातो हावाको लहरबाट विद्यार्थीलाई जोगाउने उद्देश्यसहित आवश्यक सामग्री सहयोग गरिएको छ।

गर्मी याममा अत्यधिक तातो हावाका कारण अध्ययन–अध्यापनमा पर्ने प्रभाव कम गरी विद्यार्थीहरूलाई सहज वातावरणमा शिक्षा लिन सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयलाई वाटर कुलर, वाटर फिल्टर तथा वाटर स्टोरेज ट्याङ्की प्रदान गरिएको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सीआरसी परियोजना संयोजक महेश घिमिरेले जलवायु परिवर्तनका कारण गर्मीको प्रभाव बढ्दै गएकाले विद्यालयस्तरमै अनुकूलनका उपाय अपनाउनु आवश्यक रहेको बताए। उनले सुरक्षित पिउने पानी र चिसो वातावरणले विद्यार्थीको स्वास्थ्य र सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले परियोजनाले विद्यालयमा शिक्षामैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यस्ता जलवायु अनुकूल कार्यक्रमलाई नगरपालिकाले निरन्तर सहकार्य गर्दै अघि बढाउने बताए।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले जलवायु परिवर्तनको प्रत्यक्ष असर बालबालिका र शिक्षा क्षेत्रमा देखिन थालेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि विद्यालय केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए।

सीआरसी परियोजना अन्तर्गत विद्यालयका टिनका छानामा सेतो रङ्ग लगाइनुका साथै विद्यालय परिसरमा विभिन्न प्रकारका बोटबिरुवा रोपण गरिएको छ। यसले गर्मीको समयमा तापक्रम घटाउन र शीतलता प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

उक्त कार्यक्रमले तातो हावाको जोखिम न्यूनीकरण गर्दै विद्यार्थीहरूको स्वास्थ्य संरक्षण, नियमित पठनपाठन तथा शिक्षा सेवाको गुणस्तर सुधारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व