Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको प्रसिद्ध मेलौली भगवती जात्राको तयारी तीव्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १५, २०८२
बैतडीको प्रसिद्ध मेलौली भगवती जात्राको तयारी तीव्र
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

बैतडी–बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा यही कार्तिक १८ र १९ गते लाग्ने जात्राको तयारी तीव्र रुपमा भइरहेको छ । जात्रालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि मेलौली धार्मिक सेवा समितिले १९ बुँदे अनुरोध जारी गरेको छ ।

मेलौली भगवतीको जात्रालाई शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न गर्नका लागि समितिका तर्फबाट १९ बुँदे अनुरोध जारी गरिएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए ।

समितिले जारी गरेको अनुरोधमा मन्दिरमा ल्याइने सेवा तथा भण्डार समयमै ल्याउन आग्रह गरिएको छ । मन्दिरमा स्या दर्ता गर्दा पालैपालो शान्तिपूर्ण रुपमा गर्न समितिले अनुरोध गरेको छ ।

यस्तै राँगाको बलि चढाउँदा आवश्यक सुरक्षाको प्रबन्ध, सरसफाइ लगायतका कुरामा बलि चढाउने व्यक्तिले ध्यान दिनुपर्ने समितिले जनाएको छ । यस्तै जात्राको समयमा मन्दिर परिसरमा व्यापार गर्नेहरुले समितिमा स्टल दर्ता गराएरमात्रै व्यापार व्यवसाय गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि मन्दिर परिसरभित्र मदिराको कारोबार र सेवन पूर्ण रुपमा निषेध गरिएको समिति अध्यक्ष नायकले बताए । कसैले सूचनाको उल्लंघन गरेमा विक्रि वितरण गर्नेलाई १० हजार, ओसारपोसार गर्नेलाई ५ हजार र सेवन गरी होहल्ला गर्नेलाई २ हजार पाँच सय रुपैयाँ जरीवाना तोकिएको छ । यस्तै स्टलभित्र कसैले मदिराको कारोबार गरेको पाइएमा उक्त स्टल तत्कालै बन्द गरिने समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै जात्राको समयमा सिसा लगायतका फोहरहरु छोड्ने प्रवृति बढ्दै गएकाले सिसाका बोतल प्रयोगमा रोक लगाइएको छ भने मन्दिर परिसरभित्र सवारी साधन पनि निषेध गरिएको छ ।

मेलामा जुवातास लगायतका क्रियाकलापहरु पूर्ण रुपमा निषेध गरिएको छ भने जुवाजन्य कुनै कार्यक्रम पनि नगर्न आग्रह गरिएको छ ।

मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन ठूलो जात्रा लाग्ने गर्दछ । यो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । सगुन खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व