Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मन्त्री बन्न पाएनन् खगेन्द्र सुनार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ९, २०८२
मन्त्री बन्न पाएनन् खगेन्द्र सुनार
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले बनाएको नयाँ मन्त्रिपरिषद्मा अन्तिम क्षणमा नाटकीय मोड आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस गरिएका खगेन्द्र सुनारको शपथ आज नहुने भएको छ ।

सुनारविरुद्ध फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि उनको शपथ रोकिन पुगेको हो । प्रधानमन्त्री कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा सुनारको नाम मन्त्रीको रूपमा समावेश गरिएको थियो । तर दिउँसो प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ स्वयं राष्ट्रपति कार्यालय पुगेर सुनारको शपथ नगराउने जानकारी गराएका छन् ।

राष्ट्रपति कार्यालयका एक उच्च स्रोतका अनुसार, “बिहान प्रधानमन्त्री कार्यालयबाट आएको नामावलीमा सुनारको नाम थियो, तर पछि प्रधानमन्त्रीका स्वकीय सचिव आएर शपथ रोकिएको जानकारी गराउनुभयो,” भन्ने जानकारी प्राप्त भएको छ ।

यता प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने सुनारको नाम मन्त्री सूचीमा समावेश नै नभएको दाबी गरेका छन् । तर उनीहरूको यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।

सुनार दैलेखको नारायण नगरपालिका–२ भैसेखोरका बासिन्दा हुन् । उनीविरुद्ध २०७८ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको खुलेको छ । स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उनलाई समेत प्रतिवादी बनाइएको थियो ।

अदालतले सो मुद्दामा ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ नपरेमा ३५ दिने पुर्जी तामेल गर्न पत्राचार गरिएको पनि भेटिएको छ । पछि, २०७८ मंसिर २१ गते अदालतले पुनः पत्राचार गर्दै उनलाई पक्राउ गरेर उपस्थित गराउन निर्देशन दिएको थियो ।

उनीविरुद्ध मेहेलकुना अस्पताल, गुर्भाकोट नगरपालिका–८, सुर्खेतका प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएका थिए ।

यस घटनासँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् विस्तारमा विवाद थपिएको छ भने, सरकारले मन्त्रिपरिषद् चयनमा पर्याप्त अध्ययन नगरेको आरोप पनि उठ्न थालेको छ । उपहार खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व