कञ्चनपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको अनिवार्य दरबन्दी थप्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले तुरुन्त अगाडि बढाउने कामहरू भन्दै मंगलबार तीनवटा निर्देशन दिएका छन् । त्यसमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्ने प्रमुख निर्णय हो । विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले यो व्यवस्था गर्ने लागिएको उनले उल्लेख गरेका छन् ।
उनले केहि विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउँदा विद्यार्थीहरुको लागि त्यो अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न उनले निर्देशन दिएका छन् ।










Discussion about this post