कञ्चनपुर : नवनियुक्त चार मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले चार जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा। मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गरेका थिए। सिन्हालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, परियारलाई कृषि, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि र खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
चार मन्त्री थप भएसँगै सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ। त्यस्तै यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी समालेका रामेश्वर खनाललाई सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।















Discussion about this post