नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आइतबार आश्विन कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण नेपालबाट देखिँदैन। त्यसैले शास्त्रीय दृष्टिले यस ग्रहणको कुनै सुतक लाग्ने छैन।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका भनाइअनुसार नेपाली आकाशमा प्रत्यक्ष देखिने ग्रहण मात्र बार्नुपर्ने धार्मिक नियम छ। नेपालबाट नदेखिने भएकाले यस ग्रहणले श्राद्ध वा अन्य कर्मकाण्डमा कुनै प्रभाव पार्दैन।
यसकारण सोह्र श्राद्ध गर्ने–नगर्ने विषयमा हिन्दू धर्मावलम्बीले चिन्ता लिन नपर्ने उनले स्पष्ट पारे।
यो सूर्यग्रहण न्यूजिल्यान्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिका लगायतका क्षेत्रमा मात्र दृश्य हुने जनाइएको छ।










Discussion about this post