काठमाडौँ: सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ।
जेनजीको आन्दोलनको दोस्रो दिन ९भदौ २४०मा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीपछि कामकारबाही अवरुद्ध भएको भन्दै मुख्य रजिस्ट्रारले विमल पौडेलले सूचना जारी गरेका हुन्।
‘आगजनी, तोडफोड एवम् लुटपाटको कारण सेवा प्रवाहका पूर्वाधार तथा सूचना प्रविधि प्रणालीमा भएको गम्भीर क्षतिसमेतको कारण हाललाई बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाह गर्न नसकिने अवस्था सृजना भएको हुँदा‘,’ सूचना भनिएको छ,’‘सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत आज बसेको पूर्ण बैठकको जानकारीअनुसार अनुरोध छ।’











Discussion about this post