Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १८, २०८२
निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, भदौँ निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २१ भदौँ ०८२ मा हुन लागेको निर्वाचनका लागि पुष्पराज अवस्थी प्यानल पनि घोषणा गरिएको छ । संघको १५ औँ नयाँ कार्य समिति चयनका लागि हुने निर्वाचनमा अवस्थी प्यानल घोषणा गरिएको हो ।
सोमबार महेन्द्रनगरमा अवस्थी नेतृत्वमा निर्माण व्यवसायी संघको नेतृत्व पदाधिकारीका लागि प्यानल घोषणा गरिएको छ ।
अवस्थी नेतृत्वमा बरिष्ठ उपाध्यक्ष अमर बहादुर बम, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देवीदत्त भट्ट, सचिव गोरेसिह ऐर, सहकोषाध्यक्ष चित्र कार्कीको उम्मेदवारी रहेको प्यानल घोषणा गरिएको छ ।
प्यानल घोषणा गर्दै अध्यक्षका उम्मेदवार पुष्पराज अवस्थीले साना व्यवसायीहरुलाई समेटनेदेखि निर्माण व्यवसायीहरुको साझा समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्न आफु नेतृत्वमा आउन चाहेको बताए ।
पुर्व उपाध्यक्ष समेत रहेका अवस्थी यस अघि अध्यक्षमा पराजित भएका थिए । आफुले नेतृत्वमा पराजित भएपछि धेरै विषयकोे ज्ञान आर्जन गरेको बताउँदै अब आम व्यवसायीहरुको हकहितका लागि काम गर्नकै लागि नेतृत्वमा जान चाहेको बताए ।
‘संघमा अझैपनि साढे तीन सय हराहारीमा व्यवसायी आबद्ध छैनन, ‘उनले भने, ‘मेरो नेतृत्वमा समिति चयन भए उहाँहरुलाई पनि समावेस गराउँछु ।’ निर्माण व्यवसायीको क्षमता अभिबृद्धि गर्दै संघलाई प्रविधीमैत्री बनाउने, निर्माण व्यवसायीका साझा समस्या भुक्तानी समस्या समाधान गर्ने, नेतृत्व दोहोरिने प्रवृतिको अन्त्य गर्ने, निर्माण व्यवसायी संघलाई सबैको साझा संस्थाको रुपमा विकास गर्दै जिल्लामा निर्माण व्यवसायी संघलाई थप आत्मनिर्भर, स्वच्छ निष्पक्ष बनाउने एजेण्डा अघि सारेका छन । संघमा भएका समस्या समाधान गर्दै जिल्लाको दीगो विकासदेखिका एजेण्डा अघि सारेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘हाम्रो प्यानल विशुद्ध व्यवसायीहरुको प्यानल हो, हामी कुनै दलमा आबद्ध पनि छैनौँ, ‘उनले भने, ‘हामी व्यवसायीका लागि सबै दल, समुह बराबरी हो, हामीले राज्यले दिएको काम समयमै गुणस्तरिय सम्पन्न गर्ने दायित्व हुन्छ ।’ अवस्थी प्यानलबाट महासचिवका उम्मेदवार देवीदत्त भट्टले साना र संघ बाहिर रहेका आम निर्माण व्यवसायीलाई आबद्ध गराएर अघि बढने बताए । उनले यस अघिका समितिले सानादेखि नयाँ निर्माण व्यवसायीहरुलाई समावेस गर्न नसकेको बताउँदै अवस्थी नेतृत्वको समितिले समावेस गर्ने बताए । अवस्थी प्यानलाई अधिकाँस साना व्यवसायीहरुले साथ सर्मजन जनाएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरेश सिह रावलले अवस्थी नेतृत्वको प्यानल समावेसीदेखि विशुद्ध व्यवसायिक हकहितका लागि भएर सहयोगका लागि अपिल गरेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व