Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको देशव्यापी बस र्‍याली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १७, २०८२
शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको देशव्यापी बस र्‍याली
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विद्यालय शिक्षा विधेयकका प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालकहरूले देशभर विरोध कार्यक्रमलाई तीव्रता दिँदै बस र्‍याली गरेका छन् । आन्दोलनको श्रृंखलाअन्तर्गत सोमबार राजधानी काठमाडौं लगायत देशभरी स्कुल बस तथा भ्यानसहित र्‍याली निकालिएको हो ।

आज बस तथा भ्यान सडकमा उतारिएको थियो । र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सनका प्रतिनिधिहरूले कम्पनी ऐनमार्फत दर्ता भएका विद्यालयहरूलाई गैरनाफामूलक बनाउने व्यवस्था अस्वीकार्य भएको बताए । धेरै विद्यालयहरूले बैंकबाट ऋण लिएर सञ्चालन गरिरहेका छन्, तर गैरनाफामूलक संस्था बनाइएमा भविष्यमा वित्तीय संस्थाबाट ऋण लिन असम्भव भई विद्यालय नै बन्द हुने अवस्था आउनेछ । विद्यालयहरूले हाल १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइरहेको दाबी गर्दै त्यसभन्दा बढी सम्भव नभएको बताए । उनीहरूले सरकारले किताब, कापी, स्टेशनरी, पोशाक, बस भाडा, आवासीय सुविधा जस्ता सम्पूर्ण सामग्री र सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने प्रावधानसमेत ऐनमै ल्याउन खोजेको भन्दै त्यसबारे आपत्ति जनाएा छन । विद्यालयले त्यस्तो सुविधा उपलब्ध गराउन सक्दैनन् प्याब्सन केन्द्रीय महासचिव आरबी कटवालले बताउनुभयो ।

आज काठमाडौं उपत्यकामा निजी विद्यालय सञ्चालकहरूले स्कुल बसहरूमा कालो झण्डा र प्लेकार्ड राखी र्‍याली निकाले । रिङ रोडका विभिन्न भागमा जम्मा भएका विद्यालय बसहरूको लामो जुलुसले विधेयकको विरोध जनाएको थियो ।

प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएलगायत निजी विद्यालय सञ्चालक संगठनहरूले संयुक्त रुपमा सरकारसमक्ष विद्यालय शिक्षा विधेयकमा समावेश भएका प्रावधान खारेज गर्न माग गरेका छन् । उनीहरूले पूर्ण छात्रवृत्ति दिने प्रावधान हटाउनुपर्ने, पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना(खाजा लगायत उत्पादन नभएका सामग्री विद्यालयमार्फत उपलब्ध गराउनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने र कम्पनी ऐन अन्तर्गत सञ्चालनमा रहेका विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको प्रावधान सच्याउनुपर्ने माग राख्दै आएका छन् ।

झण्डै दुई वर्षको छलफल र बहसपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिवेदनसहित विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस गरेको छ । गत भदौ ५ गते समितिले बहुमतका आधारमा विधेयक पारित गरेपछि निजी विद्यालय सञ्चालकहरू असन्तुष्ट हुँदै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले माग सम्बोधन नभए आगामी भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व