Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एससीओ सम्मेलनबाहिर मोदी-शी भेट : सीमा शान्ति र आपसी सहयोगमा जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १६, २०८२
एससीओ सम्मेलनबाहिर मोदी-शी भेट : सीमा शान्ति र आपसी सहयोगमा जोड
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चीनको तियानजिनमा भइरहेको शांघाई सहयोग संगठन ९एससीओ० सम्मेलनका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच आइतबार भेटवार्ता भएको छ ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री मोदीले भारत र चीन दुवै रणनीतिक स्वायत्तता चाहने मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध कुनै तेस्रो देशको दृष्टिकोणबाट हेर्नु हुँदैन भनेका छन् । उनले सीमा क्षेत्रमा शान्ति कायम राख्नु दुवै देशको प्राथमिकता भएकोमा जोड दिएका छन् ।

सात वर्षपछि मोदी चीन भ्रमणमा पुगेका हुन् । २०२० मा गलवानमा भएको सैन्य झडपपश्चात उनको यो पहिलो चीन यात्रा हो । भेटमा राष्ट्रपति सीले भारत–चीन दुवै विश्वका सर्वाधिक जनसंख्या भएका मुलुक र ग्लोबल साउथका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै “हाथी र ड्रागन” सँगै अघि बढ्नु जरुरी रहेको बताए ।

विदेश मन्त्रालयको भनाइअनुसार सन् २०२४ को अक्टोबरमा काजानमा भएको मोदी–शी भेटपछि द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रगति भएको छ । भारतले चीनसँग प्रतिद्वन्द्वी नभई विकासमा साझेदारको भूमिकामा रहनुपर्ने भन्दै मतभेदलाई विवादमा नफेरिनुपर्ने बताएको छ ।

भारतले “बहुध्रुवीय विश्व र बहुध्रुवीय एशिया” को महत्वलाई समेत जोड दिएको छ । आपसी सम्मान, आपसी हित र आपसी संवेदनशीलताका आधारमा दुवै मुलुकबीच दीगो सम्बन्ध बन्नुपर्ने विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

दुवै नेताले विगत वर्ष भएको सेना फिर्ता र त्यसपछि सीमाक्षेत्रमा कायम शान्तिप्रति सन्तोष व्यक्त गरेका छन् । साथै, सीमा विवादलाई न्यायपूर्ण, उचित र दुवै पक्षले स्वीकार्य समाधानतर्फ लैजाने प्रतिबद्धता समेत प्रकट गरेका छन् ।

भेटमा कैलाश मानसरोवर यात्रा, पर्यटक भिसा, भिसा सुविधा विस्तार र प्रत्यक्ष हवाई उडानमार्फत जनस्तरको सम्बन्ध अझ प्रगाढ बनाउन आवश्यकतामाथि पनि छलफल भएको छ । प्रधानमन्त्री मोदीले छिट्टै भारत–चीनबीच प्रत्यक्ष उडान सुरु हुने बताएका छन्, तर सुरु हुने मितिबारे जानकारी भने दिएका छैनन् । कोभिड महामारीपछि दुई देशबीच प्रत्यक्ष उडान स्थगित रहँदै आएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व