Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लिपुलेक मुद्दामा प्रधानमन्त्रीले जनाए चिनियाँ राष्ट्रपति सीसँग आपत्ति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १४, २०८२
लिपुलेक मुद्दामा प्रधानमन्त्रीले जनाए चिनियाँ राष्ट्रपति सीसँग आपत्ति
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिप्रति नेपालले कडा आपत्ति जनाएको बताएका छन्।

शनिबार दिउँसो बेइजिङमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमिकता मिचिने खालको कुनै पनि सहमति नेपाललाई स्वीकार्य नहुने प्रष्ट पारेका हुन्।

परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगको भेटमा भनेका छन्, “नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिप्रति मैले स्पष्ट आपत्ति राखेको छु। सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वको भूभाग नेपालकै हो भन्ने कुरा ऐतिहासिक रुपमा प्रष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने हाम्रो विश्वास छ।”

भेटवार्तामा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको र सम्बन्ध थप मजबुत बनाउन दुवै देशका संयन्त्रहरू सक्रिय हुने सहमति भएको राईले जानकारी दिए।

प्रधानमन्त्री ओली हाल चीनको औपचारिक भ्रमणमा छन्। उनी २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शंघाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रमसहित चीन पुगेका हुन्।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने र सेप्टेम्बर ३ मा बेइजिङमा हुने चीनको विजय उत्सवको ८०औँ वार्षिकोत्सव स्मृति कार्यक्रममा समेत सहभागी हुने कार्यतालिका छ।

यसैबीच, प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी अन्य विश्व नेताहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित
मुख्य समाचार

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
मुख्य समाचार

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
पाल्पामा टिप्पर दुर्घटना, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
फ्ल्यास हेडिङ

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

भदौ १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व