Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री केपी शर्मा ओली आज चीन जाँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र १४, शनिबार ०८:१०
प्रधानमन्त्री केपी शर्मा ओली आज चीन जाँदै
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन भ्रमणमा जाँदै छन्। चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबारदेखि ५ दिनका लागि चीन भ्रमणमा जान लागेका हुन्।

चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन ९सांघाई कोअपरेसन अर्गनाइजेसनको० शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन्।

भ्रमण दलमा प्रधानमन्त्री ओलीको श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्व उपप्रधानमन्त्री सांसद पूर्णबहादुर खड्का, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवम् सांसद छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको छ। मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री ओलीले चीन भ्रमणमा उठाउने एजेन्डाका विषयमा मन्त्रीहरूसँग छलफल गरेका थिए। सांघाई सहयोग संगठन, सन् २००१ मा स्थापना गरिएको विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एक हो। चीन, रुस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्र हुन्।

नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सांघाई सहयोग संगठनका संवाद साझेदारहरू ९डायलग पार्टनर० हुन्। नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेट हुने संसदलाई जानकारी गराएका छन्। यसैगरी बेइजिङमा चीनका उपराष्ट्रपति हान चङसँग पनि भेट हुनेछ। ‘चीनका महामहिम राष्ट्रपति र उपराष्ट्रपतिले दिनुहुने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुनेछौं,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले २०८२ भदौ १६ ९सेप्टेम्बर १० तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा पनि सहभागिता हुने र आपूmले त्यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि प्रस्ट्याए । उनले एससीओ शिखर सम्मेलनका दौरान विभिन्न मित्र राष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको पनि जानकारी दिए । प्रधानमन्त्री ओलीको सोही दिन बेइजिङ जाने कार्यक्रम भएको पनि संसद्मा जानकारी दिए।

प्रधानमन्त्री ओलीले हालसम्म तय भएका साइडलाइन बैठकका विषयमा जानकारी गराउँदै भने,‘अरू देशका साथीहरूसँग पनि भेट्ने विषयमा कुराकानी भइरहेको छ । अहिलेसम्म रुसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा।मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा।सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री श्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री श्री फाम मिन चिङसँग भेट्ने कुरा टुंगो लागेको छ ।’

अन्तिम दिनको कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फाँसीवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको ओलीले जानकारी दिए। उक्त कार्यक्रममा ५० भन्दा बढी देशले सहभागिता जनाउने तय भएको ओलीले बताए।

प्रधानमन्त्री ओलीले यसपालीको चीन भ्रमणबाट नेपाल र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने बताए। प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा नेपालको भूमिमा भारत–चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताएका छन्।अन्नपूर्ण

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
मुख्य समाचार

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ भाद्र १४, शनिबार ०८:१०
५० मेगावाटको माथिल्लो मर्स्याङ्दीमा उच्चस्तरको मर्मत शुरू
मुख्य समाचार

५० मेगावाटको माथिल्लो मर्स्याङ्दीमा उच्चस्तरको मर्मत शुरू

२०८२ भाद्र १४, शनिबार ०८:१०
३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन र्आयोगको आग्रह
मुख्य समाचार

समानुपातिक सांसदको नाम पठाउने समयसीमा आज सकिँदै,अन्तिम तयारीमा दलहरू

२०८२ भाद्र १४, शनिबार ०८:१०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ भाद्र १४, शनिबार ०८:१०
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ भाद्र १४, शनिबार ०८:१०
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ भाद्र १४, शनिबार ०८:१०
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ भाद्र १४, शनिबार ०८:१०
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ भाद्र १४, शनिबार ०८:१०
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ भाद्र १४, शनिबार ०८:१०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व