Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिममा घोडाघोडी नगरपालिका उत्कृष्ट, मेलौली पुछारमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ९, २०८२
सुदूरपश्चिममा घोडाघोडी नगरपालिका उत्कृष्ट, मेलौली पुछारमा
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : स्थानीय तहहरूको गुणस्तर परीक्षणपछि आर्थिक वर्ष २०८०÷८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा सार्वजनिक गरेको हो।
मन्त्रालयले प्रकाशन गरेको नतिजामा कैलालीमा घोडाघोडी नगरपालिका ८५.५० अङ्कसहित प्रदेशमै उत्कृष्ट भएको छ। प्रदेशमा बैतडीको मेलौली नगरपालिका ४५ अङ्कसहित पुछारमा छ।

कैलालीमा मोहन्याल गाउँपालिका ५५.५० अङ्क सहित पुछारमा रहेको छ। यस्तै धनगढी उपमहानगरपालिका ८४ अङ्क, गोदावरी नगरपालिका ८१ अङ्क, चुरे गाउँपालिका ८१ अङ्क, बर्दगोरिया गाउँपालिका ७९.२५ अङ्क, जानकी गाउँपालिका ७७.७५ अङ्क, गौरीगंगा नगरपालिका ७५.७५ अङ्क, भजनी नगरपालिका ७१.७५ अङ्क, कैलारी गाउँपालिकाले ७१.२५ अङ्क, जोशीपुर गाउँपालिका ७०.२५ अङ्क, टीकापुर नगरपालिका ७०.२५ अङ्क र लम्की चुहा नगरपालिका ६५ अङ्क ल्याएको छ।


कञ्चनपुरमा ८३.२५ अङ्क सहित बेदकोट नगरपालिका पहिलो हुँदा ७१.५० अङ्क सहित दोधारा चाँदनी पुछारमा रहेको छ। यस्तै बेलौरी नगरपालिका ८२.५० अङ्क, लालझाडी गाउँपालिकाले ८१.७५ अङ्क, बेलडाँडी गाउँपालिका ८१.७५ अङ्क, भीमदत्त नगरपालिका ८१.२५ अङ्क, पुनर्वास नगरपालिका ८१ अङ्क, शुक्लाफाँटा नगरपालिकाले ८० अङ्क र कृष्णपुर नगरपालिकाले ७३.२५ अङ्क ल्याएका छन्।
बाजुरामा बुढीगंगा नगरपालिकाले सबैभन्दा बढी अङ्क ल्याउँदै जिल्लमा उत्कृष्ट भएको छ। बुढीगंगाले ८४ दशमलव २५ अङ्क ल्याएको छ। बाजुरामा सबैभन्दा कमजोर बुढीनन्दा नगरपालिका देखिएको छ । बुढीनन्दाले ६१ दशमलव ७५ अङ्क ल्याएर पुछारमा रहेको छ । बडीमालिका नगरपालिका ८३ दशमलव ५० अङ्क, जगन्नाथ गाउँपालिकाले ८१ दशमलव ५०, स्वामिकार्तिक खापर गाउँपालिकाले ८१, हिमाली गाउँपालिकाले ७५ दशमलव ५०, त्रिवेणीले ७४ दशमलव ७५, खप्तड छेडेदहले ७३ दशमलव ५० र गौमुलले ६९ दशमलव ५० अङ्क हासिल गरेको छ।

बैतडीमा ७७.२५ अङ्कसहित पुर्चौंडी नगरपालिका पहिलो बनेको छ भने ३१.२५ अङ्कसहित मेलौली नगरपालिका पुछारमा रहेको छ। यस्तै दोगडाकेदार गाउँपालिकाले ७६ अङ्क, सुर्नया गाउँपालिकाले ७४.७५ अङ्क, दशरथ चन्द नगरपालिकाले ७४.५० अङ्क, शिवनाथ गाउँपालिकाले ७४.२५ अङ्क, सिगास गाउँपालिकाले ६४.५० अङ्क, डिलाशैनी गाउँपालिकाले ६१.५०, पाटन नगरपालिकाले ५६.५० र पञ्चेश्वर गाउँपालिकाले ५६ अङ्क प्राप्त गरेको छ ।

अछाममा पंचदेवल विनायक नगरपालिका ७७.५० अङ्क सहित पहिलो भएको छ भने ढकारी गाउँपालिका ४३.७५ अङ्क सहित पुछारमा छन्। यस्तै चौरपाटी गाउँपालिकाले ७१.७५ अङ्क, साँफेबगर नगरपालिकाले ७१.५० अङ्क, बान्नीगढी जयगढ गाउँपालिकाले ७१ अङ्क, मंगलसेन नगरपालिका ६८.७५ अङ्क, तुर्माखाँद गाउँपालिकाले ६६.२५ अङ्क, रामारोशन गाउँपालिकाले ६५.७५ अङ्क, कमलबजार नगरपालिकाले ६५.२५ अङ्क र मेल्लेख गाउँपालिका ४५ अङ्क ल्याएको छ।

डडेल्धुरामा अजयमेरु गाउँपालिकाले ८३.२५ अङ्क सहित सबैभन्दा उत्कृष्ट भएको छ भने नवदुर्गा गाउँपालिकाले ७३.२५ अङ्क सहित पुछारमा छ। यस्तै आलिताल गाउँपालिकाले ८१.२५, भागेश्वर गाउँपालिकाले ८१.२५, गन्यापधुरा गाउँपालिकाले ७५.५०, परशुराम नगरपालिकाले ७५.२५ र अमरगढी नगरपालिकाले ७३.७५ अङ्क ल्याएका छन।

डोटीमा जोरायल गाउँपालिका ८२.२५ अङ्क सहित पहिलो र पुर्विचौकी गाउँपालिका ५८.७५ अङ्क सहित पुछारमा रहेको छ। यस्तै बडीकेदार गाउँपालिकाले ८१.२५, बोगटान गाउँपालिकाले ८१, आदर्श गाउँपालिकाले ७९.७५, दिपायल सिलगढी नगरपालिकाले ७८.७५, शिखर नगरपालिकाले ६८.५०, सायल गाउँपालिकाले ६८.२५ र केआईसि गाउँपालिकाले ६७.७५ अङ्क ल्याएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाले ८१ सहित पहिलो हुँदा लेकम गाउँपालिका ६१.७५ अङ्क सहित पुछारमा छ। यस्तै मालिकार्जुन गाउँपालिका ८०.७५, नौगाडी गाउँपालिकाले ८०.२५, दुहुँ गाउँपालिकाले ७९.२५, दुहुँ गाउँपालिकाले ७९.२५, अपिहिमाल गाउँपालिकाले ७८.७५, महाकाली नगरपालिका ७८.७५, मार्मा गाउँपालिकाले ७२ अङ्क र ब्याँस गाउँपालिका ७०.२५ अङ्क ल्याएका छन्।

बझाङ केदारस्युँ गाउँपालिका ७९.७५ अङ्क सहित पहिलो हुँदा ६२ अङ्क सहित सुर्मा गाउँपालिका पुछारमा छ। यस्तै मष्टा गाउँपालिकाले ७६.७५, जयपृथ्वी नगरपालिकाले ७२.२५, थलारा गाउँपालिकाले ७१.५०, बित्थडचिर गाउँपालिकाले ७०, खप्तडछान्ना गाउँपालिका ६८.७५, तालकोट गाउँपालिकाले ६७.५०, छबिस पाथिभरा गाउँपालिका ६७.२५, दुर्गाथली गाउँपालिकाले ६४ र बुंगल नगरपालिकाले ५७.५० अङ्क ल्याएका छन्।

कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार बिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यसहित लिजा कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ।

शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरेर १० ओटा सूचकको आधारमा स्थानीय तहहरूको स्वमूल्याङ्कन गर्ने गरिएको छ। दिनेश खबरबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व