Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा यू-१७ महिला फुटबल खेलाडी छनोट सम्पन्न, १२ जना सिफारिस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ४, २०८२
कञ्चनपुरमा यू-१७ महिला फुटबल खेलाडी छनोट सम्पन्न, १२ जना सिफारिस
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्देशन र दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार नेपालको यू-१७ महिला फुटबल टोलीको तयारीका लागि कञ्चनपुर जिल्लामा यू-१७ महिला खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ। शनिबार महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित यस कार्यक्रममा जिल्लाभरबाट ३० जना खेलाडी सहभागी थिए।

कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलका अनुसार, छनोटमा सहभागी ३० जना खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १२ जनालाई अगाडिको प्रक्रियाका लागि सिफारिस गरिएको छ। यी खेलाडीहरूले अब राष्ट्रिय यू-१७ महिला फुटबल टोलीमा समावेश हुने अवसर पाउनेछन्, जुन टोलीले भुटानको थिम्पुमा २०८२ भदौ ४ गतेदेखि १५ गतेसम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिप २०२५ मा सहभागिता जनाउनेछ।

छनोट कार्यक्रममा सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ, प्रदेश फुटबल संघका सदस्य गोपाल चन्द, जिल्ला फुटबल संघका महासचिव नितेश रावल, एन्फा प्रशिक्षक पुष्कर शाही, भरत महता, हिमाल मल्ल, लोक पातली, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी टेकेन्द्र थापा लगायत संघका पदाधिकारी सदस्य र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास र बेदकोट लगायतका ठाउँबाट छनोटमा सहभागी भएका खेलाडीहरूमध्ये मंगला व्याडी, पवित्रा कुमारी सार्की, लक्ष्मी खड्का, आरसी बि.के., बिबिसा विष्ट, आसिका खड्का, डम्मरी व्याडी, हिमा केशी, अनुका शाही, स्मृती थापा, आकृती शाही र प्रतिक्षा केशी छनोटमा पर्न सफल भएका छन्। यस छनोटले कञ्चनपुर जिल्लामा महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सडक मर्मतमा जुटे भीमदत्त–११ का वडाध्यक्ष थापा

सडक मर्मतमा जुटे भीमदत्त–११ का वडाध्यक्ष थापा

साउन २४, २०८३
गगन थापाको आरोप : ‘सरकार बरालिँदै हिँडेको छ’

गगन थापाको आरोप : ‘सरकार बरालिँदै हिँडेको छ’

साउन २४, २०८३
सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

साउन २४, २०८३
ब्याज अनुदान थप प्रभावकारी बनाउन सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन

रास्वपाका मन्त्रीलाई महिनामा एकपटक पार्टी कार्यालय पुग्न निर्देशन

साउन २४, २०८३
उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

साउन २४, २०८३
सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व