Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालका २० क्रिकेट खेलाडी प्रशिक्षणका लागि भारतको बैंगलुरु जाने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २, २०८२
नेपालका २० क्रिकेट खेलाडी प्रशिक्षणका लागि भारतको बैंगलुरु जाने
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने भएको छ ।

क्यानले भारतीय क्रिकेट कन्ट्रोल बोर्डको सहयोगमा भारतको बैंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा जुलाई २१ देखि अगस्ट ३ सम्म सञ्चालन हुने दोश्रो चरणको बन्द प्रशिक्षणमा २० खेलाडीलाई पठाउने भएको हो ।

क्यानले बाँकी खेलादीहरुको बन्द प्रशिक्षण शिविर नेपालमानै नियमित संचालनमा रहने जनाएको छ ।

प्रशिक्षणका लागि भारत जाने खेलाडीमा रोहितकुमार पौडेल, लोकेश बम, आरिफ शेख, रुपेश कुमार सिंह, प्रतिश जिसी, साहब आलम, आकाश चन्द, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, अनिल कुमार साह, भिम सार्की, कुशल मल्ल, विवेक कुमार यादव, रिजन ढकाल, युवराज खत्री, सागर ढकाल, नन्दन यादव, सन्दिप जोरा र शुभ कंसाकार रहेका छन् ।

नेपालले २०२६ को टी-२० विश्वकपको एशिया छनौट खेलको तयारीका लागि यो प्रशिक्षण गर्न लागेको हो ।

आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटमा नेपाल समुह बी मा परेको छ । समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन् ।

९ देशले खेल्ने छनौट खेलमा हरेक समुहका शिर्ष दुई देश सुपर सिक्समा छनौट हुने छन् । सुपर सिक्समा एक अर्काविरुद्ध खेलेपछि शिर्ष तीन देशले २०२६ को विश्वकपमा छनौट हुनेछन् । त्यस्तै समुह ए मा मलेसिया, कतार र युएई छन् भने समुह सी मा ओमान, पीएनजी र सामोआ रहेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सडक मर्मतमा जुटे भीमदत्त–११ का वडाध्यक्ष थापा

सडक मर्मतमा जुटे भीमदत्त–११ का वडाध्यक्ष थापा

साउन २४, २०८३
गगन थापाको आरोप : ‘सरकार बरालिँदै हिँडेको छ’

गगन थापाको आरोप : ‘सरकार बरालिँदै हिँडेको छ’

साउन २४, २०८३
सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

साउन २४, २०८३
ब्याज अनुदान थप प्रभावकारी बनाउन सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन

रास्वपाका मन्त्रीलाई महिनामा एकपटक पार्टी कार्यालय पुग्न निर्देशन

साउन २४, २०८३
उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

साउन २४, २०८३
सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व