Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन १, २०८२
चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमका कलाकारहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यका साथ राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ आयोजना हुने भएको छ। सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कञ्चनपुरको संयुक्त आयोजनामा सञ्चालन हुने यो प्रतिष्ठित म्युजिक अवार्ड यस वर्ष चौथो संस्करणमा प्रवेश गरेको छ।

सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्दले चौथो संस्करणको अवार्ड कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार यो अवार्ड कार्यक्रमले सुदूरपश्चिमका प्रतिभाशाली कलाकारहरूलाई प्रेरणा प्रदान गर्नुका साथै उनीहरूको सिर्जनात्मक कार्यको उचित मूल्याङ्कन गर्नेछ। “हामीले सन् २०७९ मा प्रथम सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डको आयोजना गरेका थियौं,” अध्यक्ष चन्दले भन्नुभयो, “हरेक वर्ष यसलाई निरन्तरता दिँदै आएका छौं र यस वर्ष पनि विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।”

अवार्डका प्रमुख विधाहरू
यस वर्षको चौथो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२ मा विभिन्न विधामा उत्कृष्ट कलाकार तथा प्राविधिकहरूलाई सम्मान गरिनेछ। मुख्य विधा अन्तर्गत भाषाभाषी गीत, लोक गीत, डेउडा गीत, आधुनिक गीत, राना थारु गीत, र मौलिक/चाडपर्वका गीत समेटिएका छन्। यी प्रत्येक विधामा निम्न उप-विधाहरूमा अवार्ड प्रदान गरिनेछ:

सर्वोत्कृष्ट गीत

सर्वोत्कृष्ट गायिका र गायक

सर्वोत्कृष्ट नव गायक र नव गायिका

सर्वोत्कृष्ट अभिनय महिला र पुरुष

सर्वोत्कृष्ट नव अभिनय महिला र पुरुष

सर्वोत्कृष्ट सर्जक

सर्वोत्कृष्ट नव सर्जक

सर्वोत्कृष्ट निर्देशक

सर्वोत्कृष्ट संगीतकार

सर्वोत्कृष्ट ध्वनी सम्पादन

सर्वोत्कृष्ट एरेञ्जर

सर्वोत्कृष्ट छायांकन

सर्वोत्कृष्ट भिडियो सम्पादन

सर्वोत्कृष्ट श्रृंगार

सर्वोत्कृष्ट कोरियोग्राफर

यीबाहेक, अवार्डमा उद्घोषक (पुरुष र महिला), कला पत्रकारिता (पुरुष र महिला), र खोज कला–पत्रकारिता (पुरुष र महिला) विधामा पनि अवार्ड प्रदान गरिनेछ।

अवार्डका नियमहरू
आयोजकका अनुसार अवार्डमा सहभागी हुनका लागि केही नियमहरू तय गरिएका छन्:

अवार्डमा सहभागिताका लागि प्रत्येक विधाको रु. १०००/- शुल्क लाग्नेछ।

अवार्डका सम्पूर्ण नियमहरू आयोजकले निर्धारण गरे बमोजिम नै हुनेछन्।

विजेताको छनोटमा ४० प्रतिशत भोट, ५० प्रतिशत निर्णायक मण्डल र १० प्रतिशत आयोजक टिमको निर्णय लागु हुनेछ।

अवार्डमा सहभागी भइसकेपछि कुनै पनि किसिमको विवाद गर्न पाइने छैन।

यो अवार्ड कार्यक्रमले सुदूरपश्चिमको सांगीतिक क्षेत्रलाई थप ऊर्जा प्रदान गर्ने र यस क्षेत्रका लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्चमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

आवेदन दिन निम्न नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
नेपाल सम्पर्कः ९८४८५४१४१०,९८४८६९८९४४,९७६७४१८०९०

भारत : ८८४८१५७४४५,९५६६२६००५७,८३२९२७८९११,९००४२९७४५२

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
फ्ल्यास हेडिङ

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना
फ्ल्यास हेडिङ

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३
भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट
अर्थतन्त्र

भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३
भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

अशोज ५, २०८३
बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

अशोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन जारी, ७३ जिल्लाका ६ हजार १३२ वडामा सम्पन्न

कांग्रेसको वडा अधिवेशन जारी, ७३ जिल्लाका ६ हजार १३२ वडामा सम्पन्न

अशोज ५, २०८३
संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व