कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ दैजी बजारमा हार्डवेयर पसल सञ्चालन गर्दै आउनु भएका य व्यवसायी भीमदत्त नगरपालिका वडा नम्बर ४ गोबरिया बस्ने ४१ वर्षीय दिपक चन्दको उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार साँझ दैजीमा भएको सवारी दुर्घटनामा चन्द गम्भीर घाइते हुनु भएको थियोे । सु.प. प्र ०४००१ च ००१३ नम्बरको कुखुरा बोक्ने जीपले दिपक चन्द सवार इलेक्ट्रिक मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । तर उपचारका क्रममा गएराति चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
घटनापछि प्रहरी टोलीले जीप र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ । दुर्घटनाले बजार क्षेत्रका व्यवसायी तथा स्थानीयवासीलाई स्तब्ध बनाएको छ ।









Discussion about this post