Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

२३ असारसम्म ऐन नआए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १८, २०८२
२३ असारसम्म ऐन नआए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – विद्यालय शिक्षा ऐनको कार्यान्वयनमा ढिलाइ भएको भन्दै नेपाल शिक्षक महासंघले २३ असारसम्म मात्रै कुर्ने स्पष्ट पारेको छ। यदि तोकिएको मितिमा ऐन जारी नभएमा फेरि आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ।

गत १७ वैशाखमा सरकारले शिक्षक महासंघसँग १५ असारभित्र विद्यालय शिक्षा ऐन ल्याउने सहमति गरेको थियो। तर सहमति अनुसार ऐन नआएपछि महासंघले संसद् बैठक बस्ने २३ असारसम्म अन्तिम समय दिएको हो। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “सहमतिको समय सकिएको छ, अब २३ असारसम्म पर्खिन्छौं।”

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी भए पनि शिक्षकका मागबारे विवाद भएपछि प्रक्रिया अगाडि बढ्न सकेन। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता गर्न समय मागेका थिए।विधेयकमा अस्थायी शिक्षकको पदपूर्तिको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था गर्न लागिएको थियो।

तर महासंघले यो व्यवस्थालाई अस्वीकार गर्दै ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत मात्र खुला प्रतिस्पर्धा हुनुपर्ने अडान दोहोर्‍याएको छ। महासंघको आरोप छ कि शिक्षा मन्त्रालयमा प्रारम्भिक सहमति भइसकेको व्यवस्थालाई शिक्षामन्त्रीले परिवर्तन गरेर अघि बढाएको हो। यसबाहेक, शिक्षकको कार्यसम्पादन मूल्यांकनमा दिइने ९० अंक घटाएर ८० अंकमा झार्नुपर्ने माग पनि महासंघले राखेको छ। सहअध्यक्ष पराजुलीका अनुसार यी विषयहरू टुंगो लगाउन धेरै समय लाग्दैन, तर सरकारले इमान्दारिता देखाउनुपर्छ। “२३ असारसम्म शिक्षा ऐन जारी नभए आन्दोलनमा जान्छौं,” पराजुलीले स्पष्ट भनिन्।महासंघले यसअघि २० चैतदेखि २९ दिन लामो आन्दोलन गरेर सरकारलाई वार्तामा ल्याएको थियो। त्यसकै निरन्तरतामा १७ वैशाखमा ऐन जारी गर्ने सहमति भएको थियो, जुन अहिलेसम्म कार्यान्वयनमा आएको छैन। महासंघले अबको आन्दोलनलाई निर्णायक बनाउने संकेतसमेत दिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल

साउन १४, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुन महँगियो, चाँदी सस्तो

साउन १४, २०८३
निर्वाचन आयोगलाई संघीय र प्रविधिमैत्री बनाउनुपर्ने : प्रेमप्रसाद दंगाल

निर्वाचन आयोगलाई संघीय र प्रविधिमैत्री बनाउनुपर्ने : प्रेमप्रसाद दंगाल

साउन १३, २०८३
निर्वाचन आयोगका योजना परिणाममुखी हुनुपर्छ : पद्मा अर्याल

निर्वाचन आयोगका योजना परिणाममुखी हुनुपर्छ : पद्मा अर्याल

साउन १३, २०८३
मतदान प्रतिशत बढाउने स्पष्ट कार्ययोजना ल्याउन रास्वपाको माग

मतदान प्रतिशत बढाउने स्पष्ट कार्ययोजना ल्याउन रास्वपाको माग

साउन १३, २०८३
निर्वाचन आयोगका निर्णय सर्वसम्मत र पारदर्शी हुनुपर्छ : आनन्दप्रसाद ढुंगाना

निर्वाचन आयोगका निर्णय सर्वसम्मत र पारदर्शी हुनुपर्छ : आनन्दप्रसाद ढुंगाना

साउन १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व