कञ्चनपुर – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।
लुम्बिनीले राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल, सन्दीप जोरा, विवेक यादव, तिलक भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतमलाई रिटेन गरेको हो । रोहित टोलीका मार्की खेलाडी र कप्तान पनि हुन् ।
यस्तै लुम्बिनीले सूर्य तामाङ, आशुतोष घिरैया, अर्जुन साउद, विकास आग्री, आरिफ खान र दुर्गेश गुप्तालाई रिलिज गरेको छ ।
यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।










Discussion about this post