Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ५, २०८२
ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न भएको छ। प्रतियोगिताको पहिलो संस्करणमा कञ्चनपुर जिल्लाका विभिन्न क्याम्पस तथा विद्यालयहरूबाट १७ टिमले सहभागिता जनाएका थिए।

खेलकुदमार्फत विद्यार्थीबीच आपसी मित्रता, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कञ्चन विद्या मन्दिरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएको छ।

फाइनल खेलमा सुर्योदय सेकेन्डरी स्कुलले पहिलो ब्याटिङ गर्दै १० ओभरको खेलमा कञ्चनलाई ७४ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य कञ्चन विद्या मन्दिरका नरेन्द्र साउदले शानदार अर्धशतक प्रहार गर्दै ८ विकेटको जितमा रूपान्तरण गरे। कञ्चनको टोलीले १७ बल बाँकी रहँदै खेल जितेको थियो।

प्रतियोगितामा विजेता बनेको कञ्चन विद्या मन्दिरलाई ४० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता सुर्योदय सेकेन्डरी स्कुलले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

व्यक्तिगत विधातर्फ पनि खेलाडीहरूको उत्कृष्टता झल्किएको थियो। प्रतियोगिताको बेस्ट बलर कञ्चन विद्या मन्दिरका आशिष धामी घोषित भए भने बेस्ट ब्याट्सम्यान पनि सोही टोलीका नरेन्द्र साउद बने। त्यस्तै, सम्पूर्ण प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा सुर्योदय सेकेन्डरी स्कुलका विष्णु बिष्टलाई म्यान अफ द टुर्नामेन्ट घोषणा गरियो।

ब्रिक्सटन स्पोर्ट्स एण्ड इन्टरटेनमेन्ट क्लबद्वारा आयोजित प्रतियोगिताको समापन समारोहमा भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशी प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा ब्रिक्सटन कलेज व्यवस्थापन समितिका अध्यक्ष डा. यज्ञराज चटौत, प्रिन्सिपल डा. भोजराज पन्त, एकेडेमिक एडभाइजर निशा भट्ट, क्यान सुदूरपश्चिमका सचिव लक्ष्मण भट्ट, क्यान कञ्चनपुरका अध्यक्ष बिरेन्द्र चन्द लगायत विभिन्न सहभागी विद्यालय तथा क्याम्पसका प्रिन्सिपल तथा प्रमुखहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताले जिल्लाका युवाहरूमा खेल प्रतिको आकर्षण बढाउनुका साथै खेलकुद संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

साउन २५, २०८३
प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

साउन २५, २०८३
ढल्केबरको ट्रमा सेन्टर योजना यथावत् छ : मन्त्री मेहता

ढल्केबरको ट्रमा सेन्टर योजना यथावत् छ : मन्त्री मेहता

साउन २५, २०८३
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

साउन २५, २०८३
सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

सरकार–निजी क्षेत्र बलियो साझेदारी आवश्यक : अर्थमन्त्री वाग्ले

साउन २५, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

साउन २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व