काठमाडौं – सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सरकारले सहमति कार्यान्वयन नगरे भोलिबाट आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। समितिका अध्यक्ष विजय बहादुर स्वारले बुधबार एक विज्ञप्ति जारी गर्दै संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे आन्दोलनलाई अझ कडा रूपमा अघि बढाउने बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘संघीय सरकारसँग भएको सहमतीलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखीको आन्दोलन अझ सशक्त रुपबाट अगाडी बढाइने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ।’
पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनका कार्यक्रम र सरकारसँग भएका सम्झौता सार्वजनिक गरिने पनि विज्ञप्तिमा बताइएको छ ।











Discussion about this post