Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

करण केसीको ऐतिहासिक अर्धशतकमा नेपालको कीर्तिमानी जित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २०, २०८२
करण केसीको ऐतिहासिक अर्धशतकमा नेपालको कीर्तिमानी जित
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु टोली स्कटल्याण्डविरुद्ध कीर्तिमानी जित हात पारेको छ। ओपनर कुशल भुर्तेलदेखि लिएर नवौँ नम्बरमा ब्याटिङ गर्न आएका करण केसीको अविश्वसनीय प्रदर्शनले नेपाललाई एकदिवसीय क्रिकेट इतिहासको सबैभन्दा ठूलो लक्ष्य पछ्याएर जित दिलाएको हो।

३०० रनको नजिकको विशाल लक्ष्य पछ्याउँदै नेपालले अन्तिम बलमा १ विकेटले जित हात पार्‍यो। स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर अन्तिम बल बाँकी छँदा पूरा गर्‍यो।

पछिल्लो समय बलरको रूपमा चर्चामा रहेका करण केसीले यसपटक ब्याटिङमा पनि आफूलाई प्रमाणित गरे। नवौँ नम्बरमा मैदान छिरेका करणले ४१ बलमा ३ चौका र ४ छक्का सहित अविजित ६५ रन बनाएर नेपालको जित सुनिश्चित गरे। उनी म्यान अफ द म्याच घोषित भए।

७ विकेट मात्र १९२ रनमै गुमाएको नेपालको अवस्था जटिल हुँदा करण र गुल्शन झाले आठौँ विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरे। अन्तिम ६ ओभरमा ६८ रन आवश्यक भएको अवस्थामा करणले अन्तिम ओभरसम्मको तनावपूर्ण क्षणलाई जितमा बदल्न सफल भए।

अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक थियो। पहिलो बलमै सन्दीप लामिछाने क्याचआउट भए। त्यसपछि रिजन ढकालले एक रन लिँदै करणलाई स्ट्राइक दिए। करणले लगातार दुई बलमा २–२ रन जोडेपछि अन्तिम बलमा १ रन आवश्यक थियो। बल वाइड भएपछि बाइको रूपमा दौडिएर लिएको रनमा रिजन रनआउट भए पनि वाइडको संकेतसँगै नेपालले १ विकेटले जित हात पार्‍यो।

नेपालले टस जितेर बलिङ रोजेको थियो। स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनायो। ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए भने फिनले म्याकरिथले ५५ रन बनाए। नेपालका लागि करण केसीले बलिङमा पनि चम्किँदै १० ओभरमा १ मेडन सहित २ विकेट लिए। सोमपाल कामी र रिजन ढकालले पनि २–२ विकेट लिए।

नेपालका ओपनर कुशल भुर्तेलले ५३ रनको योगदान गरे। भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ तथा गुल्शन झाले ४२ रन बनाएर महत्वपूर्ण साझेदारी गरे।

यस जितसँगै नेपालले १३ खेलमा ८ अंक जोड्दै अंकतालिकामा सातौँ स्थानमा उक्लिएको छ। स्कटल्याण्ड भने १७ खेलबाट २० अंकसहित चौथो स्थानमा छ। करण केसीको असाधारण ब्याटिङ, अन्तिम ओभरको नाटकीय मोड, र टोलीको सामूहिक प्रयासले नेपाललाई ऐतिहासिक जित दिलाएको छ। यो जित नेपालको क्रिकेट इतिहासमा एक अविस्मरणीय क्षणको रूपमा रहनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

साउन १३, २०८३
भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व