Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि बैजनाथ माविमा उत्प्रेरणात्मक कार्यक्रम

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ १२, २०८२
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि बैजनाथ माविमा उत्प्रेरणात्मक कार्यक्रम
0
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर‍ । कञ्चनपुरको वेदकोट नगरपालिका-२ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि त्रिपक्षीय उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ। चालु शैक्षिक सत्र २०८२ को सुरुवातमै विद्यार्थी, अभिभावक र शिक्षकलाई समेटेर आयोजित यो कार्यक्रम जिल्लामै पहिलो भएको विद्यालयले जनाएको छ।

तीन दिनसम्म चलेको कार्यक्रममा प्रख्यात मोटिभेटर तथा कालिका मानव ज्ञान बुटवलका शिक्षक हरिश वलीले प्रशिक्षण दिएका थिए। उनले विद्यार्थी, अभिभावक र शिक्षकको भूमिका र जिम्मेवारीमाथि जोड दिँदै सिकाइ प्रभावकारी बनाउन प्रेरित गरेका थिए।

त्यस्तै कार्यक्रममा साङ्गीतिक प्रार्थना व्यवस्थापनदेखि असल विद्यार्थी, अभिभावक र शिक्षक बनाउने उपायहरूबारे समेत छलफल भएको थियो।

विद्यालयका प्रधानाध्यापक नवराज पन्तले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको चासो र जिम्मेवारी अपरिहार्य रहेको बताए। “अभिभावकले विद्यार्थी र विद्यालयप्रति चासो नराख्दासम्म सिकाइ प्रभावकारी हुँदैन,” उनले भने, “त्यसैले हामीले अभिभावक, विद्यार्थी र शिक्षकलाई एकसाथ समेटेर उत्प्रेरणात्मक कार्यक्रम गरेका हौँ।” यो कार्यक्रमले तीनै पक्षलाई आ-आफ्नो जिम्मेवारीप्रति सचेत गराउँदै शैक्षिक सुधारमा योगदान पुग्ने उनको विश्वास छ।

कार्यक्रमको समापनमा बोल्दै वेदकोटका नगर प्रमुख भोजराज बोहराले यो कार्यक्रमले विद्यार्थीको पठनपाठनमा रुचि, अभिभावकमा कर्तव्यबोध र शिक्षकमा जिम्मेवारी थपिएको बताए। “यो तीन दिनको सिकाइलाई निरन्तरता दिएर विद्यार्थीको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ,” उनले भने।

कार्यक्रममा सहभागी विद्यार्थी महेश रानाले यो फरक अनुभवले आफूलाई नयाँ सिकाइ भएको बताए। “विद्यालय प्रवेशदेखि कक्षाकोठासम्मको वातावरण र सिकाइले हामीलाई थप प्रेरणा मिल्यो,” उनले भने। यस्तै, अभिभावक जानकी कार्कीले यो कार्यक्रमले अभिभावकलाई विद्यार्थीको पढाइप्रति जिम्मेवार बनाएको बताइन्। सहायक प्रधानाध्यापक थिरेन्द्र प्रसाद भट्टले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

वेदकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव पदमराज भट्टले यस्ता कार्यक्रमले अभिभावकमा जागरूकता ल्याउने र शैक्षिक सुधारमा सहयोग पुग्ने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष नरेश बहादुर सिंहले यो कार्यक्रम सामुदायिक विद्यालय रूपान्तरण अभियानका लागि प्रभावकारी हुने बताए।

२०३३ सालमा स्थापना भएको बैजनाथ माध्यमिक विद्यालय संघीय सरकारबाट नमुना विद्यालयका रूपमा छनोट भएको छ। हाल यहाँ एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले आगामी पाँच वर्षको योजना बनाएर शैक्षिक सुधारलाई निरन्तरता दिने जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३
सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व