Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिममा अनलाइन टिभी पत्रकारितालाई सशक्त बनाउन प्रदेश समितिको सक्रियता

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख ३१, २०८२
सुदूरपश्चिममा अनलाइन टिभी पत्रकारितालाई सशक्त बनाउन प्रदेश समितिको सक्रियता
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

कैलाली – अनलाइन टिभी पत्रकारितालाई जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यले स्थापित अनलाइन टिभी पत्रकार संघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले आफ्ना गतिविधिहरू तीव्र पारेको छ। भर्खरै गठन भएको प्रदेश समितिले बुधबार विभिन्न सरकारी निकाय, स्थानीय प्रशासन र सञ्चार सम्बद्ध संस्थाहरूसँग परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

संघका पदाधिकारीहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खडका, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, सहायक प्रमुख किरन जोशी, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपी हमाल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणासँग भेटघाट गरी अनलाइन पत्रकारिताका अवसर र चुनौतीबारे छलफल गरेका हुन्।

मुख्यमन्त्री शाहले अनलाइन पत्रकारहरूलाई व्यावसायिक आचारसंहिता पालना गर्दै सत्यमा आधारित पत्रकारिता गर्न जोड दिनुभयो। उहाँले प्रदेश सरकार सधैँ यस्तो पत्रकारितालाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, सामाजिक विकास मन्त्री खडकाले अनलाइन टिभीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो।

कैलालीका प्रमुख जिल्ला अधिकारी हमालले शान्ति सुरक्षा र सूचनाको सही प्रवाहमा अनलाइन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। त्यस्तै धनगढीका नगर प्रमुख गोपी हमालले नगर विकासका गतिविधि जनतासम्म पुर्‍याउन अनलाइन टिभीको योगदानको प्रशंसा गर्नुभयो।

त्यसैगरी एसपी राणाले अपराध नियन्त्रण र जनचेतना अभिवृद्धिमा सञ्चार माध्यमसँग सहकार्य गर्न प्रहरी तयार रहेको बताउनुभयो।

संघका पदाधिकारीहरूले पदाधिका नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन लगायत अन्य सञ्चार सम्बद्ध संस्थाहरूसँग समेत छलफल गरेका छन्।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले अनलाइन टिभी पत्रकार संघसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै पत्रकारिताको गरिमा कायम राख्न सबै एकजुट हुनुपर्ने बताउनुभयो।

संघका केन्द्रीय सदस्य विरेन्द्र धामीले अनलाइन पत्रकारिताको व्यावसायिक विकास र सुदूरपश्चिमको समृद्धिका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

त्यस्तै, अनलाइन टिभी पत्रकार संघ नेपाल, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भक्त राज जोशीले अनलाइन पत्रकारितालाई थप व्यवस्थित र विश्वसनीय बनाउन सबै सञ्चारकर्मीहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले भने, “हामीले सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिँदै सुदूरपश्चिमको विकास र जनचेतनामा योगदान पुर्‍याउनेछौँ।”

त्यसैगरी संघका महासचिव टिकाराम साउदले प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियनलगायत अन्य सञ्चार सम्बद्ध संस्थाहरूसँग समेत छलफल गरिएको जानकारी दिनुभयो। साथै आगामी दिनमा विभिन्न कार्यक्रमहरू समेत आयोजना गर्ने तयारी रहेको उहाँले बताउनुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)
मुख्य समाचार

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

असार २०, २०८३
मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?
मुख्य समाचार

मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

असार १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
फ्ल्यास हेडिङ

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

असार १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व