सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारी जागिरबाट अवकाशपछिको जिवन कृषि क्षेत्रमा 

धन सिंंह धामी, कञ्चनपुर । नेपाली सेनाको सुवेदार पदमा अवकाश प्राप्त भएपछि राजेन्द्र बिष्ट कृषि क्षेत्रमा लागेका छन् । भीमदत्त नगरपालिकाको वडा नम्बर ३ निवासी वर्ष ४४ का बिष्ट यहि २०८१-०१-०१ मा नेपाल आर्मीको जागिरबाट अवकाश भएपछि नेपालमा सम्भावना बोकेको आनन्दको पेशा कृषि भएको बताउँदै यस क्षेत्रमा लागेका हुन ।

कृषि क्षेत्रमा अवसर खोज्दै कुन किसिमको कृषि कार्यमा लाग्ने भन्ने सोचले अघि बढ्दै गरेका बिष्टले ड्रागनफलको बारेमा चर्चा चलिरहँदा यसको खेती गर्ने सोचका साथ विभिन्न ठाउँमा यसको बिरुवा खोज्दै जादा यही कञ्चनपुरको एक जना कृषकको फर्ममा पुगेका थिए । उक्त कृषि फर्ममा बिरुवाको रेट महँगो रहेको थाहा पाएपछि अरु ठाउँमा सस्तो राम्रो बिरुवा पाइन्छ कि भने खोज्दै गई रहेको बताएका थिए भने पछि फेसबुक सञ्जालमा एक जना पत्रकार एवं कौसी अभियन्ता धन सिह धामीको सम्पर्कमा आउन पुगेको बिष्ट बताउँछन् ।

सानै भएपनि कृषि क्रान्तिमा लाग्नु पर्छ र कृषि क्षेत्रमा लागेर आत्म निर्भर बन्न सकिन्छ, स्वदेशको पैसा  विदेशीबाट जोगाई स्वाभिमानका साथ बाच्ने हो भनेर निःशुल्क रुपमा ड्रागनफलको बिरुवा बाँडिरहेका समाजसेवीबाट निशुल्क उन्नत जातको ड्रागलफलको बिरुवाबाट आफ्नो कृषि सुरुवात गरेको बताउँछन् । पत्रकार धामीले विभिन्न वडा तथा सहकारी संस्था लगायत व्यक्तिहरूलाई विगत केही बर्षयता देखि ड्रागलफल, शीतलचिनी, आँप, निम्बु, निम, कटहर लगायतका बिरुवाहरू आफैले उत्पादन गरी बाढ्दै आईरहेका छन भने उहाँले निशुल्क ड्रागलफलको बिरुवा उपलब्ध गराएकोमा पत्रकार तथा कृषि कौसी अभियन्ता धामीलाई धन्यवाद पनि दिएका थिए ।

अहिले कृषक बिष्टले तिन कट्टा जमिनमा ड्रागनफलको बिरुवा लगाएका छन भने त्यसैगरी जि ९ जातको केरा खेती १२ कट्टामा लगाउनको साथै सुन कागती, आँप, लिचि,शितलचिनी,निमको खेतीलाई पनि निरन्तरता दिई रहेका छन् ।  दुई बिघा सम्मको जमिनमा कृषि गर्ने सोचले अघि बढेका बिष्टले विभिन्न फलफूलको खेती सँगै बन्दा, काउली, मुला, हिउँदे सिमी, धनियाँ, आलु, गाँजर, प्याज, भन्टा, खुर्सानी लगायत तरकारीको पनि खेती गरिरहेका छन् ।

Mahakali Polytechnic

कृषि उत्पादनलाई शुद्ध जैविक रुपमा उपभोक्ताहरूको स्वास्थ्यलाई ख्यालमा राख्दै बजारमा पाईने रसायनिक मलखादको प्रयोग नगरी आफ्नै घरमा जिवामृत पनि तयार गर्दै खेतमा हाल्ने गरेको बिष्टले बताएका छन । जिवामृत तयार गर्न काचो (ताजा) गाई,भैसीको गोबर,३० लि. गाई,भैसीँको गहुँत, दुई केजि पिठो ( गहुँ,मकै, जौ, मैदा, कुनैपनि उपलब्ध भएको पिठो) दुई केजी गुड वा सिरा, तीन केजि पिपलको रुख मुनिको माटो, २०० लि. पानी आवश्यक पर्ने र यसलाई घडिको सुल्टो रुपमा मिश्रण हुने गरी चलाउने र १५ दिनपछि बिरुवामा उचित अनुपातमा प्रयोग गर्ने गरेको बिष्टले बताएका छन् । जिवामृतलाई घाम नलाग्ने सितल छहारीमा १५ दिन सम्म राख्नु पर्ने कृषक बिष्टले बताए । कृषिमा जैविक किटनाशक औषधिको रुपमा प्रयोगमा ल्याउन निमको विरुवा पनि लगाएको कृषक बिष्टले जानकारी दिएका छन् ।

World Link Ads

सिजन अनुसारका तरकारी उत्पादन गर्ने तथा बेमौसमीमा समेत तरकारी खेती गर्ने योजनाको साथ कार्य विस्तारमा निरन्तर लागेको कृषक बिष्ट बताउनुहुन्छ् । धन कमाउन युवा बिदेशिने क्रम बढेको अवस्थामा मेहनत गरे आफ्नै गाँउ, ठाँउमा सुन फलाउन सकिने बिष्ट बताउनुहुन्छ् । उहाँले आफ्नो परिवारका सदस्यहरुलाई स्वरोजगारी बनाउनुको साथै स्थानियबासीहरुलाई रोजगारी दिने सोचको साथ कार्य अघि बढाईरहेको बताएका छन् । आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिचाई र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु बिष्टको दैनिकी बनेको छ् ।

Sana Kishan

आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका उहाँलाई अहिले तरकारी खेतीको स्याहार सुसार गर्न भ्याइनभ्याई छ् । तरकारी तथा फलफूलको व्यवसायमा लागेपछि उहाँको घरपरिवारमा निकै परिवर्तन भएको उहाँ बताउनुहुन्छ् । व्यावसायिक कृषिलाई जोड दिने हो भने, सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने उद्यमी बिष्टको भनाई रहेको छ् । बिष्टले आगामी दिनमा कृषि क्षेत्रलाई निरन्तरता दिने योजना बुनेको सुनाए । परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि फलफुत तथा तरकारी खेती रोजेका यहाँका केही किसानको आर्थिक स्रोतनै फलफुल तथा तरकारी खेती बन्दै आएको छ ।

यस क्षेत्रका बासिन्दाहरु बिष्टले गरेको कार्यको प्रसंसा गर्दै यहिबाट अर्गानी शुद्ध जैबिक फलफुल तथा तरकारी सहजरुपमा उपलब्ध हुने हुदाँ अत्यन्त हर्षित भएका छन । तीनै तहका सरकारी तथा सम्बन्धित निकायबाट अझैसम्म कुनै किसिमको अनुगमन तथा सहयोग नपाएपनि स्थानिय स्थरबाट प्रत्यक्ष अनुगमन गरेर केहि कृषि सामग्री र प्राबिधिक ज्ञान, तालिम पाएँपछि अझै कृषि क्षेत्रमा हौसला मिल्ने उहाँको भनाई रहेको थियो ।  

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds