Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रदूषणबाट बच्न चाहनु हुन्छ ? अपनाउनुस् यी उपाय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वायु प्रदूषण पछिल्लो समय सबैभन्दा गम्भीर समस्या बनेको छ । सर्दी सुरु हुँदै गर्दा वातावरण धुलो र धुवाँका कारण झनै धुम्म बन्दै गइरहेको छ ।

हावाको गुणस्तर ट्र्याक गर्ने वेबसाइट आईक्यूएयरका अनुसार सोमबार काठमाडौँको वायुको स्तर ९७ रहेको छ । यो भनेको ठिकै खालको हो । तर हालैका दिनहरूमा काठमाडौँको हावाको स्तर अस्वस्थकर रहँदै आएको छ ।

प्रदूषणका कारण मान्छेमा अनेकौँ समस्या देखिरहेका छन् । सास फेर्न समस्या, एलर्जी, दम, मुटुसम्बन्धी रोग आदिका बिरामी बढिरहेका छन् । बढ्दे प्रदूषणबाट बच्नका लागि केही उपाय गर्न निकै जरुरी छ ।

मास्कको प्रयोग गर्नुस्:

प्रदूषणबाट बच्न एन९५ वा पी१०० मास्क प्रयोग गर्नुहोस् । यो मास्कले हानिकारक कणहरू र प्रदूषकहरूलाई शरीरमा प्रवेश गर्नबाट रोक्न मद्दत गर्दछ । विशेषगरी बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्नुस् ।

घरमा एयर प्युरिफायरको प्रयोग

घरभित्र पनि हावाको गुणस्तर कायम राख्न एयर प्युरिफायरको प्रयोग गर्नुहोस् । प्युरिफायरले हावामा रहेका हानिकारक कणहरूलाई फिल्टर गर्छ र घर भित्र शुद्ध हावा प्रवाहमा सघाउँछ ।

हराभरा ठाउँमा समय बिताउनुस्

सकेसम्म, सम्भव भएसम्म पार्क र बगैँचा जस्ता हराभरा ठाउँहरूमा समय बिताउनुहोस् । यी ठाउँहरू तुलनात्मक रूपमा कम प्रदूषित हुन्छन्  र यहाँको हावा अलि सफा हुन्छ ।

घरभित्र गर्नुस् शारीरिक गतिविधि

प्रदूषण बढेको समयमा बिहान सबेरै वा बेलुका घरबाहिरको सट्टा घरभित्रै व्यायाम गर्नुस् । प्रदूषक कणहरू साससँगै शरीरमा प्रवेश गर्न सक्ने भएकोले बाहिर हिँडडुल सकेसम्म कम नगर्नुहोस् ।

रूख रोप्नुस्

रुख रोप्नु दीर्घकालीन समाधान हो । सकेसम्म धेरै रूखहरू रोप्नुहोस् र आफ्नो वरपरको क्षेत्रमा हरियाली बढाउने प्रयास गर्नुहोस् । यसले प्रदूषण नियन्त्रण त गर्छ नै वातावरणलाई पनि हरियाली बनाउँछ ।

सवारी साधनको प्रयोग घटाउने

प्रदूषण कम गर्न सार्वजनिक यातायातको बढी प्रयोग गर्नुहोस् । हिँड्दा वा साइकल चलाउँदा प्रदूषण कम गर्न मद्दत गर्छ । विद्युतीय सवारी साधनको प्रयोग पनि राम्रो विकल्प हो ।

झ्याल र ढोका बन्द राख्नुस्

वायु गुणस्तर सूचकांक (एक्यूआई) धेरै भएको समयमा घरमा पनि झ्याल र ढोका बन्द गरेर राख्नुहोस् ताकि बाहिरबाट प्रदूषित हावा घर भित्र आउन नसकोस् ।

प्राकृतिक वायु शुद्धीकरण प्लान्ट

घरमा नीम, तुलसी, एलोभेरा र मनी प्लान्ट जस्ता बिरुवाहरू रोप्नुहोस् । यस्ता बोट बिरुवाले पनि प्राकृतिक रूपमा हावाको गुणस्तर सुधार्न मद्दत गर्छ ।

आफ्नो आहारको ख्याल राख्नुस्

शरीरमा प्रदूषणको प्रभाव कम गर्न एन्टिअक्सिडेन्टयुक्त खानेकुराको सेवन गर्नुपर्छ । भिटामिन सी र ओमेगा–३ फ्याटी एसिडको सेवनले शरीरलाई प्रदूषणसँग लड्ने क्षमता प्रदान गर्छ । पर्याप्त मात्रामा पानी पिउनुहोस् ताकि शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सकियोस् ।

निर्देशिकाहरू पालना गर्नुस्

प्रदूषण कम गर्न सरकारले जारी गरेको निर्देशन र नियमको पालना गर्नुहोस् । फोहोरलाई नजलाउनुहोस् ।

प्रदूषण रोकथाम गर्न व्यक्तिगत जिम्मेवारीका साथै सामुदायिक सहयोग पनि चाहिन्छ । वातावरणलाई स्वच्छ बनाउन समुदायका हरेक व्यक्तिको योगदान आवश्यक छ । तर माथि बताइएका यी उपायहरू अपनाएर हामी यो गम्भीर समस्यालाई रोक्न र राम्रो वातावरण सिर्जना गर्न सक्छौँ । रातोपाटी बाट साभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व