नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४ घण्टै सेक्युरिटी अफिसर खटाउने भएको छ ।
आज काठमाण्डाैमा भएकाे कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै क्यानका सचिव पारस खड्काले आठ वटै फ्रेन्चाइजसँग एक/एक जना सेक्युरिटी लायजन अफिसर खटाउने जानकारी दिनुभयो । यसका लागि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सँग कुराकानी भइरहेको उहाँको भनाइ छ ।
गएको वर्ष आयोजना भएको नेपाल टी–२० ‘फिक्सि’ ङ विवादमा परेको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।