केशब थापा कञ्चनपुरको बेलडाँडी गाँउपालिका १ नम्बर वडालाई वडा कफ फुटबलको उपाधी पाईएको छ ।
जिल्ला सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा बुधबार सम्पन्न भएको फाईनल प्रतियोगितामा बेलडाँडी १ले बेलडाँडी ४ लाई ०–१ गोलले पराजित गर्दै वडा कफ फुटबलको उपाधी चुमेको हो । बेलडाँडी १ ले पहिलो हाफमै कर्नरको मौका पाएर १ गोल हानेको थियो ।
सेमी फाईनल प्रतियोगितामा बेलडाँडी १ ले भीमदत्त नगरपालिका १४ लाई ८–० र बेलडाँडी ४ ले बेदकोट ९ लाई ३–१ गोलले हराउँदै फाईनल प्रतियोगितामा एकै पालिका बेलडाँडीका दुई टिम प्रवेस गरेका थिए ।
रोयल गोर्खाज स्पोट्स सर्कलको आयोजनामा ११ कार्तिकदेखि फुटबल प्रतियोगिता भएको थियो । प्रतियोगितामा जिल्लाभरीका १९ वडाका टिमको सहभागिता रहेको थियो । फाईनल प्रतियोगितामा मुख्य रेफ्रिमा विकास सिह महता रहेका थिए ।
विजेता बेलडाँडी १ले १लाख ११ हजार १११ र उपबिजेता टिम बेलडाँडी ४ले ५५ हजार, ५सय ५५नगद रुपैया ट्रफि, मेडल प्रमाण पत्र सहित पाएका थिए । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीकै दुवै टिम विजेता र उपविजेतालाई बधाई ज्ञापन गर्दै आगामी गर्दै आगामी दिनमा थप खेल क्षेत्रको प्रर्बद्धन गरिने बताए । बेलडाँडी १का वडाध्यक्ष गज बहादुर विष्टले आफ्नो वडाटिमले उपाधी चुमेको भन्दै खेल र खेलाडीको बृद्धि विकासका लागि भूमिका निर्वाहमा जोडदिए ।
कञ्चनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले खेलाडीले उच्च अनुशासनका विच खेल्नुपर्ने तर्फ खेलाडीको ध्यानाकर्षण गराएका छन । रोयल गोर्खाज स्पोट्स सर्कलका अध्यक्ष दिनेश श्रेष्ठले खेल क्षेत्रकोे बृद्धि विकासका लागि वडा स्तरबाटै टिम दर्ता गरेर प्रतियोगिता आयोजना गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरका मेयर पदम बोगटीले प्रतियोगिताबाट थप खेल क्र्षेत्रको बृद्धि विकासमा टेवा पुग्ने बताए । ग्रामिण भेगबाट विजेता र उपविजेता दुवै टिम बेलडाँडी गाँउपालिकाकै भएकाले उक्त क्षणलाई ऐतिहासिक बताईएको छ ।