सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ।

ओली अस्वस्थ भएकोले अत्यावश्यकबाहेक अरू भेटघाट बन्द गरिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले केही बेरअघि गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds