कञ्चनपुर – कञ्चनपुर कञ्चनपुरको वेदकोटमा नगरपालिकामा जारी दोस्रो नगर स्तरीय मेयर कप खुला पुरुष फुटबल प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमको टुङ्गो लागेको छ। प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर -३, वडा नम्बर -५ वडा नम्बर -६ र र वडा नम्बर -९ प्रवेश गरेका छन्।
सेमिफाइनल बुधबार २ बजेदेखि हुने वेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टले जानकारी दिएका छन्। सेमिफाइनलको पहिलो खेलमा वडा नम्बर -५ र वडा नम्बर -९ बिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा वडा नम्बर -३ र वडा नम्बर -६ बिच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेल दिउँसो २ बजेदेखि सञ्चालन हुने र दोस्रो खेल दिउँसो ३ बजेदेखि सञ्चालन हुने वेदकोट नगर खेलकुद समितिका अध्यक्ष भट्टले जानकारी दिएका छन्।
वेदकोट नगर खेलकुद समितिको आयोजनामा असोज १७ गतेदेखि प्रतियोगिता हुन लागेको हो। असोज २४ गते फाइनल खेल हुने आयोजकले जनाएको छ।
Discussion about this post