कञ्चनपुर – कञ्चनपुरको वेदकोटमा नगरपालिकामा जारी दोस्रो नगर स्तरीय मेयर कप खुला पुरुष फुटबल प्रतियोगितामा आज तीन खेल सम्पन्न भएका छन्। वेदकोट नगर खेलकुद समितिको आयोजनामा बिहिबारदेखि प्रतियोगिता हुन लागेको हो।
आज भएको पहिलो खेलमा वडा नम्बर -६ ले वडा नम्बर -४ लाई १-० ले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नम्बर -५ ले वडा नम्बर -७ लाई ३-० ले पराजित गरेको छ। त्यसैगरी आज भएको अन्तिम खेलमा वडा नम्बर -३ (ए) ले वडा नम्बर -१० लाई ३-० ले पराजित गरेको छ।
वेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टले प्रतियोगितामा लिग चरणका खेलहरू सञ्चालन भइरहेको बताएका छन्।
Discussion about this post