कञ्चनपुर – कञ्चनपुर कञ्चनपुरका युवा पत्रकार डम्बरराज भट्टले छोरीको जन्मदिनको अवसरमा समाजिक काम गरेका छन् । पत्रकार भट्टले छोरी बास्तविका भट्टको जन्मदिनको अवसरमा लोक देउडा गायक (कलाकार) गगन सिह महरा (मुस्कान) लाई उपचार खर्च सहयोग गरेका हुन् ।
लामो समयदेखि बिरामी रहेका कलाकार महरालाई उपचारका लागि पत्रकार भट्टले नगद ३ हजार ५५५ रुपैया आर्थिक सहयोग गरेका छन । पत्रकार भट्ट जिल्ला बाहिर रहेका नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका सह सचिव पहिलाद राना मार्फत कलाकार महरालाई उक्त रकम हस्तान्तरण गरिएको छ । बेलडाँडी गाउँपालिका १ झर्नासागर निवासी लोक देउडा गायक कलाकार महरा विगत लामो समयदेखि बिरामी छन् ।
आर्थिक अभाव भएपछि सङ्कटमा परेका कलाकार महराको उपचारार्थमा सहयोगका लागि समाजिक काम गरेको बताए । जनक्रान्ति दैनिकका समाचारदाता एव मिरमिरे डटकमका पत्रकार भट्टले समाजिक सेवाका लागि समाजका दिनदुःखीलाई आफ्नो खुसियालीमा सक्दो सहयोग गरेको बताए । कलाकार महराले कञ्चनपुरकी टर्ली, बगिरहनु सेती, लाइफको टेन्सन, साँची राखे जस्ता गीत निकालेका थिए । कलाकार महराले पत्रकार भट्टप्रति आभार प्रकट गरेका छन् ।