कञ्चनपुर – माई सेन्सोरियम स्कुलले आयोजना गरेको हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सम्पन्न उक्त प्रतियोगितामा सामुदायिक र संस्थागत गरि २९ विद्यालयका १२० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
हिन्दूहरूको महान चाड दशैं एवम् तिहारको अवसरमा माई सेन्सोरियम स्कुल सुकासालले उक्त प्रतियोगिताको आयोजना गरेको थियो। आधारभुत तह अङ्ग्रेजी, आधारभुत तह नेपाली, माध्यमिक तह अङ्ग्रेजी र माध्यमिक तह नेपाली गरी ४ तहमा आयोजना गरिएको उक्त प्रतियोगिता भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकीमा सञ्चालन गरिएको थियो।
प्रतियोगिताबाट माध्यमिक तह नेपाली अन्तरगत जनज्योति माध्यमिक विद्यालयकी गीता जोशी प्रथम, बैजनाथ माध्यमिक विद्यालयकी आयुषा भट्ट द्वितीय, महाकाली बाल विद्यालयकी दिपकला पन्त तृतीय भएका छन् भने श्री भुवनेश्वरी विद्या मन्दिरकी तुलसी विष्टले सान्त्वना स्थान प्राप्त गरेको छ।
माध्यमिक तह अङ्ग्रेजी अन्तरगत शान्ति निकेतन माध्यमिक विद्यालयकी आकृति चन्द प्रथम, रेडियन्ट माध्यमिक विद्यालयकी करुणा पाल द्वितीय, न्यु सरस्वती विद्या मन्दिरकी सिवन्तिका भट्ट तृतीय भएका छन् भने श्री भुवनेश्वरी विद्या मन्दिरकी प्रतिक्षा दयालले सान्त्वना स्थान प्राप्त गरेको छ।
आधारभुत तह नेपाली अन्तरगत बैजनाथ माध्यमिक विद्यालयकी दृष्टि धामी प्रथम, लिटिल बुद्ध एकेडेमीकी आयुषा पुजारा द्वितीय रेडियन्ट माध्यमिक विद्यालयकी सानबी महरा तृतीय भएका छन् भने युनाइटेड पब्लिक एकेडेमीकी भूमिका नाथले सान्त्वना स्थान प्राप्त गरेको छ।
आधारभुत तह अङ्ग्रेजी अन्तरगत लिटिल बुद्ध एकेडेमीकी आरुषी यादव प्रथम, महाकाली बाल विद्यालयकी आइसा भण्डारी द्वितीय, मेधावी माध्यमिक विद्यालयका मनोज पन्त तृतीय भएका छन् भने मालिका पब्लिक एकेडेमीका कृष्ण भट्टले सान्त्वना स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई आयोजक सेन्सोरियम स्कुलले क्रमश रु ४०००, २५००, १५००, ५०० नगद सहिद ट्रफी र प्रमाणपत्र प्रदान गरेको छ।
पुरस्कार वितरण कार्यक्रममा नेल्टा सुदूरपश्चिमका अध्यक्ष डा. शंकर दत्त भट्ट प्रमुख अतिथि रहनु भएका थिए भने एनप्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष बलदेव भट्ट विशिष्ट अतिथि रहनुभएका थिए। कार्यक्रममा बोल्दै भुवनेश्वरी विद्या मन्दिरका प्रधानाध्यापक सत्येश बहादुर चन्दले यो प्रतियोगिताले विद्यार्थीहरूमा हस्तलेखन सीपमा सुधार ल्याउने बताउनुभयो।