कञ्चनपुर – भारतको चेन्नई र झारखण्डमा भएको अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा विजेता नेपाली सुदूरपश्चिम प्रदेशका खेलाडीलाई सम्मान गरिएको छ । शुक्रबार महेन्द्रनगरमा एक कार्यक्रमका बिच भारतको चेन्नई र झारखण्डमा भएको अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा विजेता नेपाली सुदूरपश्चिम प्रदेशका खेलाडीलाई सम्मान गरिएको हो ।
जापान कराते डो कोशीकाई सितोरियो सङ्घ नेपाल विजेता खेलाडीहरूलाई सम्मान गरेको छ । जापान कराँते डो कोशीकाई सितोरियो सङ्घ नेपालले गत वर्ष भारतको चेन्नईमा भएको प्रथम दक्षिण एशियाली साग खेलकुद कराँते प्रतियोगिता र केही दिन अगाडि भारतकै झारखण्डको गिरिडिहमा भएको तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि पदक प्राशश्प्त गर्ने खेलाडीहरूलाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा लगायतका सरोकारवालाले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
जापान कराते डो कोशिकाई सितोरियो सङ्घ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्रान्ड मास्टर हन्सी अभिषेक सिंहले गत वर्ष भारतको चेन्नईमा भएको प्रथम दक्षिण एशियाली साग खेलकुद कराँते प्रतियोगितामा १३ स्वर्ण , ३ रजत र ३ काश्य पदक जिती प्रथम स्थान हासिल गर्न सफल खेलाडी तथा भारतकै झारखण्डको गिरिडिहमा भएको तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २७ स्वर्ण र २ रजत पदक प्राप्त गरि इतिहास रच्न सफल खेलाडीलाई सम्मान गरिएको बताए ।
जापान कराँते डो कोशीकाई सितोरियो सङ्घ नेपाल कञ्चनपुरका अध्यक्ष दिपेन्द्र विष्टले खेलाडीको मनोबल उच्च राख्नका लागि सम्मान गरिएको बताए । उक्त सम्मान कार्यक्रममा खेलाडी सहित प्रशिक्षकलाई समेत सम्मान गरिएको छ भने खेलकुद मार्फत नेपाललाई विश्वमा चिनाउन जापान कराते डो कोशिकाई सितोरियो सङ्घको महत्वपूर्ण योगदा