कञ्चनपुर – कञ्चनपुरका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहित झोला वितरण गरिएको छ । शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका २६ सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहित झोला वितरण गरिएको हो ।
हिन्दू स्वयंसेवक सङ्घ निकट रहेको प्राज्ञिक विद्यार्थी परिषद नेपालले भीमदत्त नगरका १३० विपन्न समुदायका विद्यार्थीलाई झोला सहितको शैक्षिक सामाग्री वितरण गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालले भीमदत्त नगरका अध्यक्ष लोकराज पन्तले विपन्न, दलित, आदिवासी, जनजाति थारू समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको बताए ।
उनका अनुसार किताब बोक्ने झोला, नेपाली शब्दकोशको किताब, सरस्वती बन्दनाको किताब, ज्यामेट्रीबक्स सहित टोपी वितरण गरिएको छ । हिन्दू स्वयंसेवक सङ्घ सङ्घका विभाग बौद्धिक प्रमुख उमेशराज जोशीले गत वर्ष १२ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको यस वर्ष पनि सोही अनुरूप विपन्न जेहेन्दार विद्यार्थीको अध्ययनमा टेवा पुर्याउने उद्देश्यले वितरण गरिएको बताए ।
हिन्दू स्वयंसेवक सङ्घका प्रचारक मनिराज चौलागाइँले विपन्न जेहनदार विद्यार्थीलाई दैनिक पर्ने समस्या टार्ने उद्देश्यका साथ वितरण गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले विद्यार्थीको दैनिक आवश्यकता पूर्ति गर्ने उद्देश्यले गरिएको कार्यबाट विपन्न विद्यार्थीलाई राहत पुगेको बताए ।
हिन्दू स्वयंसेवक सङ्घका केन्द्रीय सदस्य हर्केष विष्टले भीमदत्त नगरपालिका सहित अन्य पालिकाहरूका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने बताए । निःशुल्क झोला पाएपछि विद्यार्थी शिक्षक हर्षित भएका छन् ।
बैजनाथ माविकी शिक्षिका निर्मला जोशीले हिन्दू स्वयंसेवक सङ्घ निकट रहेको प्राज्ञिक विद्यार्थी परिषद नेपालले विद्यार्थीको समस्या मध्य नजर गर्दै झोला देखिका शैक्षिक समाग्रिबाट अध्ययनमा टेवा पुग्ने बताइन् । निःशुल्क झोला सहितका शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरूले समेत दैनिक अध्ययनको कामकाज सहजता भएको धारणा व्यक्त गरेका छन् ।