भोजराज पन्त, कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -०९ सुन्दरपुरमा आगलागी नियन्त्रण सम्बन्धी अभीमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
शुक्रबार उदयदेव माध्यमिक विद्यालयमा आगलागीबाट हुन जाने जोखिम तथा क्षतबारे र जोखिम तथा क्षतिलाई कसरी न्यूनिकरण गर्ने तथा सुरक्षित कसरी सुरक्षित हुने भन्ने बारेमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष जनक बहादुर बिष्टले जानकारी दिएका छन्।
विद्यार्थीका बीचमा हुने यस्तो सचेतनामूलक कार्यक्रमको सन्देश अभिभावकमा समेत पुग्ने भएकोले यस्ता कार्यक्रम प्रभावकारी हुने उदयदेव माध्यमिक विद्यालयका शिक्षक लवदेव अवस्थीले बताए।
वडा कार्यालय र सुन्दरपुर खेलकुद विकास संस्थाले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा फायर प्रिवेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्रा.लि. काठमाडौंले प्राविधिक सहयोग गरेको थियो ।
आगो नियन्त्रण सम्बन्धी जनचेतना मूलक कार्यक्रममा संस्थाका अध्यक्ष विरेन्द्र विष्टको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्बर -०९ का अध्यक्ष जनक बहादुर विष्ट रहनुभएका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि एवम् स्थानीयको उपस्थिति रहेको थियो ।