सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनएमबी बैङ्क लिमिटेड दैजी शाखाद्वारा वृद्धाश्रममा वासिङ मसिन सहयोग

कञ्चनपुर – एनएमबी बैङ्क लिमिटेड दैजी शाखाले वृद्धाश्रममा वासिङ मसिन सहयोग गरेको छ। शुक्रबार एनएमबी बैङ्क दैजी शाखाले वेदकोट नगरपालिका -०८ रौटेलामा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा वासिङ मसिन सहयोग गरेको हो।

एनएमबी बैङ्क दैजी शाखाका प्रबन्धक चेतन प्रसाद जोशीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाश्रममा वासिङ मसिन सहयोग गरिएको बताउनुभयो।

Mahakali Polytechnic

उक्त कार्यक्रममा एनएमबी बैङ्क लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारी, बरिष्ठ एरिया म्यानेजर सुशील बहादुर सिंह, महेन्द्रनगर शाखा प्रबन्धक खेम राज उपाध्याय लगायत दैजी शाखामा कार्यरत कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। 

World Link Ads

Sana Kishan

वृद्धाश्रममा वासिङ मसिन सहयोग भएसँगै वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धालाई सहज हुने विश्वास लिइएको छ। केही दिन अघि मात्रै वेदकोट नगरपालिका -०३ मा रहेको शारदा माध्यमिक विद्यालयमा एनएमबी बैङ्क लिमिटेड दैजी शाखाले एलइडी टिभी समेत सहयोग गरेको थियो। 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.