सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी कञ्चनपुर विद्यार्थी समाजको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कञ्चनपुर – बैतडी कञ्चनपुर विद्यार्थी समाजले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। संविधान दिवसको अवसरमा लिटिल बुद्ध एकेडेमीमा बैतडी कञ्चनपुर विद्यार्थी समाजले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो।

प्रतियोगितामा भीमदत्त नगरपालिका भित्रका संस्थागत र सामुदायिक गरी २०  विद्यालयको सहभागिता रहेको बैतडी कञ्चनपुर विद्यार्थी समाजका कोषाध्यक्ष गौरव चन्द ठकुरीले बताएका छन्।

Mahakali Polytechnic

प्रतियोगिताबाट भुवनेश्वरी माध्यमिक विद्यालय प्रथम, महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) द्वितीय, बैजनाथ माध्यमिक विद्यालय तृतीय र एभरेष्ट इभरग्रीनले सान्त्वना स्थान प्राप्त गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यालयलाई क्रमश ट्रफी र प्रमाणपत्र सहित  ५ हजार १ सय , ४ हजार १ सय,  ३ हजार १ सय, २ हजार १ सय नगर पुरस्कार प्रदान गरिएको छ। 

World Link Ads

Sana Kishan

कार्यक्रमको समापन समारोहमा भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्य रहेको थियो भने विद्यार्थी समाजका अध्यक्ष प्रकाश सिंह ऐरको सभापतित्व रहेको थियो। 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.