सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पालिकाबाटै राष्ट्रिय परिचय पत्र वितरण हुने

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिक सिफारिस अनलाइनबाटै गर्ने तयारी अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकता सेवाका लागि अब वडा कार्यालयबाट अनलाइन सिफारिस गर्ने तयारी अघि बढाएको हो । 

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले नागरिकता बनाउनका लागि अब अनलाइनबाटै सिफारिसको तयारी भइरहेको बताए । ‘अनलाइनबाटै नागरिक सिफारिसको हामीले जिल्लाका सबै वडा कार्यालय तिनका कर्मचारीसँग छलफल गरिसकेका छौँ, ‘आवश्यक प्राविधिक विषयमा पनि हामीले पहिलो चरणमा गरिसकेका छौँ, केही दिनमै अनलाइन सिफारिस कार्यान्वयन गछौँ ।’ अनलाइन सिफारिससँगै पेपरलेस सेवा शुचारुले झन्झट हट्नेछ । 

यसैबीच कञ्चनपुरमा झण्डै २ लाखले राष्ट्रिय परिचय पत्रका लागि फारम भरेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले हालसम्म २ लाख नागरिकले राष्ट्रिय परिचय पत्रका लागि फारम भरेको बताए । ‘०७९ कार्तिकसम्म निवेदन दिएका सबैको परिचय पत्र आइसकेको छ, ‘प्रजिअ सापकोटाले भने, ‘अहिले १ लाख ७८ हजार परिचय पत्र आइसकेका छन् ।’

जिल्लाका स्थानीय तहमा निवेदन दिएका ८३ हजार र प्रशासनमा झण्डै १५ हजार परिचय पत्र वितरण गर्न बाँकी रहेका छन् । समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि गत जेठ, असार, साउनमा सेवाग्राहीको चाप थियो । समाजिक सुरक्षा भत्ता सहित अन्य सरकारी सेवाका लागि सर्वोच्चले राष्ट्रिय परिचय पत्र अनिवार्य नगरेपछि नयाँ परिचय पत्र र परिचय पत्र बनाएका सेवाग्राही उत्साहित भएर नआएको उनले बताए । भिडभाड बढेपछि जनशक्ति थपेर पालिका स्तरबाटै फारम सङ्कलन गरिन लागिएको छ ।

Mahakali Polytechnic

पुनर्वास, कृष्णपुर, बेलौरी, बेलडाँडी, शुक्लाफाँटा नगरबाट अनलाइन फारम सङ्कलन र वितरण गरिन लागिएको छ । प्रजिअ सापकोटाले राष्ट्रिय पञ्जिकरण विभागबाट खटिएका अपरेटरबाट मङ्गलबार प्रतिबद्धता लिएका छन् । मङ्गलबार उनीहरूलाई कार्यकक्षमा बोलाएर यथाशीघ्र परिचय पत्र वितरण गर्न निर्देशन दिएका छन । राष्ट्रिय पञ्जिकरण विभागबाट खटिएका अपेरेटरहरूले यसै महिना भित्रै परिचय पत्र वितरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । पालिका र प्रशासनबाट परिचय पत्र वितरण हुने भएकाले सेवाग्राहीले समयमै आएर बुझ्न समेत आव्हान गरेका छन् । 

World Link Ads

  

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds