महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी संघ कञ्चनपुरलाई सम्मान गरेको छ । कैलालीको धनगढीमा सुरु प्रदेश महासंघको १७ औं वार्षिक साधारण सभामा संघले व्यवसायिक हक अधिकार र संघको संस्थागत विकासका लागि उत्कृष्ठ कार्य गरी योगदान पुगाएको भन्दै सम्मान गरेको छ ।
कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सहित पदाधिकारी र सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायी सहभागी भएका छन् ।
निरञ्जन प्रसाद भट्टले संघको नेतृत्व लिएपछि लालझाडी गाउँपालिकाको प्राविधिक व्यवसायी विवाद सहज रुपमा हल गरिएको छ ।
यसैगरी संघले निर्माण व्यवसायीको भुक्तानीका लागि दबाव दिन सरकारी कार्यालयमा तालाबन्दी अभियान सुरु गरिएको थियो । संघले व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ ।