सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काल बन्दै साइकल यात्रा

 कञ्चनपुर – प्रायजसो साइकल दुर्घटनाबाट मानिस मृत्युका घटना बिरलै हुन्छन । तर, कञ्चनपुरमा एक साताको अवधिमा साइकलबाट तीन मानिसले ज्यान गुमाएका छन् । ९ साउन पुनर्वास नगरपालिका -०४ कार्गिलडाँडामा ५० बर्षिया युवक झर सिह ठकुरीको मृत्यु भयो । साइकलबाट लडेर बेहोस भएका ठकुरीको घटना स्थलमै मृत्यु भएको थियो । 

ठकुरीको साइकलबाट लडेर मृत्यु भएको घटना सेलाउन नपाउँदै शुक्लाफाँटा नगरपालिका ५ गर्जमुनी अर्का युवकको मृत्यु भएको छ । १३ साउनमा गर्जमुनीका ४० बर्षिया खडक साउद पनि साइकलबाट लडेर मृत्यु भएको छ । साइकलबाट लडेर घाईते भएका साउदको थप उपचारका लागि भारतीय अस्पताल लैजाने क्रममा १४ साउनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठकुरी र साउदको साइकलबाट लडेर मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरी साइकल यात्री भीमदत्त नगरकी एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत भीमदत्त नगरपालिका -०४ भाँसी क्षेत्रमा पूर्वबाट आएको म१त १०१७ नम्बरको टेक्टरले भीनपासुकासालकी ३५ बर्षिया साइकल यात्री पार्वती भट्टको मृत्यु भएको छ । 

कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले टेक्टरले ठक्कर दिँदा घाईते साइकल यात्री भट्टको उपचारका लागि महाकाली अस्पतालमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । चालक समिर कुमार सिह र टेक्टर नियन्त्रणमा छन् । साइकल यात्रु आफै र अरुले ठक्कर दिँदा पनि ज्यान गुमाउन थालेका छन् ।

Mahakali Polytechnic

कञ्चनपुर प्रहरीले पैदल, साइकल, मोटरसाइकलदेखि साना ठूला सबै प्रकृतिका यात्रु, चालकलाई सचेत भएर यात्रा गर्न अनुरोध गरेको छ । भाँसी क्षेत्र उक्त घटना स्थलमा कल्र्भट साँघुरोले दुर्घटना निम्तिरहेका छन ।  कल्र्भट क्षेत्रको पूर्वपश्चिम सडक चौडा भएपनि सो स्थानमा कल्र्भटले साँधुरो भएकाले दुर्घटना निम्तिरहेको भन्दै स्थानीयले सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सुरक्षित मानिएको साइकल यात्रा पनि काल बन्दै गएपछि साइकल चालक र यात्रु पनि त्रसित भएका छन । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds